सिंगापुरबाट सुटुक्क ज्ञानेन्द्र दिल्लीतर्फ

इनेप्लिज २०७२ भदौ ४ गते १३:३८ मा प्रकाशित

Gyanendra_Shah_1काठमाडौ, ४ भदौ । साधु सन्तहरुलाई हिन्दु राष्ट्रको पक्षमा उकासेर उपचारको लागि भन्दै सिंगापुर पुगेका पूर्व राजा ज्ञानेन्द्र त्यहाँबाट सुटुक्क नयाँ दिल्ली हानिएका छन ।
सिंगापुरमा आफ्नो स्वास्थ्य परिक्षणसँगै केही भारतीय सम्पर्क सुत्रहरुसँग भेटेर उनी दिल्ली हानिएका हुन । बारम्बार दिल्ली जाँदा पनि भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन नसकेपछि खिन्न बनेका ज्ञानेन्द्रलाई सिंगापुरका भारतीय सम्पर्क सुत्रहरुले भेटवार्ता गराईदिने बचन दिएपछि उनी गत बुधवार सिंगापुरबाट नयाँ दिल्ली हानिएका हुन ।
नयाँ दिल्लीमा उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँग भेटवार्ता गराउने गरी प्रयास भईरहेको छ । नेपालमा आएर हिन्दु राष्ट्र स्थापनाको पक्षमा अभिब्यत्तिः दिएका स्वामी आदित्यनाथ पनि गोरखपुरबाट दिल्ली पुगिसकेका छन । उनले पनि ज्ञानेन्द्रको भेटवार्ताको लागि पहल गर्ने छन ।
स्रोतका अनुसार ज्ञानेन्द्रले दुबै भेटवार्ताहरुमा नेपालमा तत्काल हिन्दु राष्ट्र स्थापना हुन नसकेपनि धार्मिक स्वतन्त्रता भने लेखिनु पर्नेमा लविङ्ग गर्ने छन ।
त्यस्तै उनले दलहरुले मुलुक विगारेकोले मुलुक सम्हाल्न पनि आफ्नो आवश्यकता बढ्दो रहेको विषयमा कन्भिन्स गर्ने प्रयास गर्ने बताईएको छ ।
ज्ञानेन्द्र यसअघि एक महिना उपचारको नाममा नयाँ दिल्लीमा अपार्टमेन्ट नै लिएर बसेपनि त्यहाँ उनको महत्वपूर्ण भेटवार्ता हुन सकेको थिएन ।

प्रतिक्रिया