आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:२३
वासिङटन डिसी 12:38

गोली लागेका विश्वासको स्वास्थ्य अवस्थामा सुधार

इनेप्लिज २०७२ भदौ ४ गते २:३९ मा प्रकाशित

पथरी (मोरङ), ४ भदौ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर विराटगरको गोल्डेन अस्पतालमा उपचार गराउँदै आएका सप्तरीको भारदहका राजदेव नारायण विश्वासको स्वास्थ्यमा सुधार आएको छ ।

सो अस्पतालका चिकित्सक श्यामकुमार रौनियारका अनुसार चिन्ताजनक अवस्थामा अस्पताल ल्याइएका विश्वासको दुबै तिघ्रामा गोली लागेको थियो । चिकित्सकको ठूलो प्रयासबाट विश्वासको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सक रौनियारको भनाइ छ ।

विश्वासलाई भेट्न नेकपा–माओवादीका अध्यक्ष मातृका यादव, पुराना नेता बद्री मण्डल, अधिकारकर्मी तुलनारायण साहा, जितेन्द्र झालगायत अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया