शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:४०
वासिङटन डिसी 14:55

पूर्णरुपमा सुरक्षा व्यवस्था मिलाउन महानिरीक्षकको निर्देशन

इनेप्लिज २०७२ भदौ ३ गते १४:२२ मा प्रकाशित

Kosh-raj-Wantaकाठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले नागरिकलाई पूर्णरुपमा सेवा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बलका सम्पूर्ण कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

उहाँले नागरिकको मानवअधिकारको पूर्णरुपमा पालना गरी सरकार र सङ्गठनले सोचेअनुरुपको सुरक्षा व्यवस्था मिलाउँदै व्यावसायिक कुशलतापूर्वक सशस्त्र प्रहरी कार्यमा सकृय रहन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक “प्रत्यक्ष भिडियो” रिट्रिङग तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट प्रत्यक्ष निर्देशन दिदै प्रचलित कानुनको परिधिभित्र रही प्रभावकारी ढङ्गले जिम्मेवारी पुरागर्न तथा बल प्रयोग गर्नुपर्दा बल प्रयोग सिद्धान्त बमोजिम न्यूनतम बल प्रयोग गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

महानिरीक्षक वन्तले सबै क्षेत्रका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट क्षेत्रगत वस्तुस्थितिबारे जानकारी लिनुभएपछि सुरक्षा व्यवस्थालाई मजबुत तुल्याउन सशस्त्र प्रहरी बलको तर्फबाट कुनै कसर बाँकी नराख्न स्पष्ट निर्देशन दिनुभयो ।

त्यसअवसरमा पाँचै क्षेत्रका बाहिनीपत सशस्त्र प्रहरी नायव महानिरीक्षकले आ–आफ्नो क्षेत्रको वस्तुस्थिति तथा सुरक्षास्थिति र सशस्त्र प्रहरी बलको सुरक्षा तैनाथीका साथै देशका विभिन्न ठाउँमा भएको आन्दोलन, यसको उद्देश्य, अहिलेसम्मको सुरक्षास्थिति, श्रोतसाधनलगायतका विविध विषयमा समन्वयात्मक ढङ्गले कार्य भइरहेको विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया