साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत
काठमाडौँ, ३ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले भुटानलाई ३–१ गोलअन्तरले पाखा लगाएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालको जितमा कप्तान विमल घर्ती मगर नायक बने । उनले खेल सुरुआतीको १० औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए ।
विमलले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै भुटानका सोनाम तोक्बेले खेलको ११ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । विमलले खेलको पहिलो हाफको २९ औँ मिनेटमा गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए । खेलको पहिलो हाफसम्म २–१ ले अगाडि रहेको नेपालले खेलको दोस्रो हाफमा पुनः एक गोल थप्यो ।
खेलको ६२ औँ मिनेटमा विमलले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालको जित सुनिश्चित हुन पुग्यो । नेपालले खेलको ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा भने विमलले गोल गर्न सकेनन् ।
छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’मा नेपालसँगै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान छन् । नेपालले अब सोमबार बङ्गलादेशको सामना गर्नेछ । शुक्रबार अपराह्न भने ३ः३० बजे मादिभ्सले अफगानिस्तानको सामना गर्नेछ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया