शनिबार, असार ५ २०७८
काठमाडौं १५:१८
वासिङटन डिसी 05:33

पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्छ: नेतृ कोईराला

इनेप्लिज २०७२ भदौ ३ गते १४:१८ मा प्रकाशित

Sujata-Koiralaभक्तपुर, ३ भदौ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले बिदेशी ग्राण्ड डिजाइनमा देश फस्दै गएको र संविधान जारी हुन नसकेको धारणा राख्नु भएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सबैको मागलाई सम्बोधन गर्ने नाममा राजनीतिक दलका नेताहरुले संविधान जारीतर्फ ढिलाई गरे देशले ठूलो विपद् थेग्नुपर्ने बताउनु भयो ।

कोईरालाले भन्नुभयो, ‘देश सङ्घीयतामा गइसकेको छ, छ प्रदेशमा आएको विवाद र समस्याको उत्तम समाधान पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनु नै हो ।’

तराई र पहाड टुक्र्याउने विदेशी डिजाइनले दलहरु असफल बन्दै गएको बताउँदै उहाँले तत्कालै संविधान जारी नगरे दलको अस्तित्वसमेत समाप्त हुने टिप्पणी गर्नुभयो ।

संविधान जारी गर्न नदिन विभिन्न खालका विदेशी शक्ति लागि परेको चर्चा गर्दै कोईरालाले संविधान जारीलाई पहिलो प्राथमिकतामा राखेर दल एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।

नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आपूm सभापतिको उम्मेदवारी दिने बताउँदै उहाँले महाधिवेशन सार्ने हो भने पार्टीले तत्काल निर्णय लिनुपर्छ भन्नु भयो ।

प्रतिक्रिया