सोमबार, असार ७ २०७८
काठमाडौं ०२:५१
वासिङटन डिसी 17:06

साफ यू-१९ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

इनेप्लिज २०७२ भदौ ३ गते १३:२६ मा प्रकाशित

Bashuकाठमाडौं, ३ भदौं । आजदेखि एन्फा कम्पलेक्समा सुरु भएको पहिलो साफ यू–१९ च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालका कप्तान विमल घर्तीमगरले ह्याट्रिक हान्दै नेपालको विजय यात्रा प्रारम्भ गराएका हुन् । नेपालका लागि १०, २९ र ६२औं मिनेटमा तीन गोल प्रहार गर्दै कप्तान विमलले ह्याट्रिक गरे ।

खेलको ११औं मिनेटमा भूटानका सोनाम तोग्बेले एक मात्र गोल फर्काएका थिए । भोलि माल्दिप्स र अफगानीस्तानबीच खेल हुनेछ । समूह ‘ए’ मा आयोजक नेपाल सहित भूटान र बंगलादेश तथा समूह ‘बी’मा माल्दिप्स, भारत र अफगानीस्तान छन् । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तानले भने प्रतियोगितामा भाग लिएका छैनन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्न पाउने छन् ।

प्रतिक्रिया