रत्ननगर, भाद्र ३
पूर्वी चितवनको शक्तिखोर ७ गैरीबारीमा रहेको जनै समूहको भवन उद्घाटन तथा ११ औं वार्षिक साधारण सभा आज बिहिबार सम्पन्न भएको छ । करिब ३ लाख रुपैयाको लागतमा निर्मित १ कोठे भवन र सभा हलको स्थानीय समाजसेवी एवं चन्दादाता मान बहादुर बस्नेत र शक्तिखोर गा.वि.स.का सचिव अर्जुन पगेनीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा भवन निर्माण समितिका संयोजक अमर बहादुर खत्रीले भवन निर्माण सम्बन्धि आयव्यय, सचिव इश्वरी बहादुर भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्द्र बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा १०६ वर्षिय रुद्र बहादुर भेटवाल सहित १३ जना बृद्धबृद्धालाई दोसल्ला र अबिरले सम्मान गरिएको थियो भने ३८ जना चन्दादातालाई पनि सम्मान गरिएको थियो । समूहका अध्यक्ष खडग बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शक्तिखोर गा.वि.स. का सचिव अर्जुन पगेनी, कालिका मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि बालकृष्ण आले मगर, तागाधारी समूहका सचिव दिपक खड्का, चन्दादाता गिर बहादुर बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै साधारण सभाको अवसरमा वृक्षारोपण समेत गरिएको समूहका सचिव इश्वरी भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया