लम्पसार परेर अमेरिकाबाट डलर मगाउने हुकुमी शैली उचित या अनुचित ?

इनेप्लिज २०७२ भदौ ३ गते २:१५ मा प्रकाशित

bijay-2

अमेरिकामा डलर फल्दैन l बरु डलर छाप्ने छापाखाना हुन्छ l त्यो कसैलाई थाहा हुदैन र देख्न पनि पाईदैन l दक्षिण अफ्रीकामा सुन फल्छ l अमेरिकामा फले पनि टिप्न जान्नु पर्छ l अमेरिकामा डलरको वृक्ष हुदैन l

डलरको खेति पनि अमेरिकामा हुदैन l खोज्न र जान्न मात्र भॆउ पाईयो भने डलर फलाउन नेपालमा पनि सकिन्छ l बिनोद चौधरी यसका ज्वलन्त उदाहरण हुन् l उनले नेपाल मै बसी डलर नै फलाई दिए l

अमेरिकामा पैसा कमाउन गार्हो छ l यो द्रव्य कमाउन समय र भाग्यले साथ दिए कुबेर हुन् केहि बेर लाग्दैन l अमेरिका २४ सै घण्टा सुत्दैन l यसै गरि मानिस पनि सुत्दैनन l यसरि अमेरिकाले गरेको मेहनत र यहाँका मानिसले अहोरात्र खटेर गरेको परिश्रमले देश बनेको छ l

अमेरिका बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुकुरीको बिंड भएको छ अमेरिकामा डलर बोटमा फलेको हुन्छ जस्तो गर्ने नेपालमा प्रसस्त नेपालीहरु छन् l त्यो अज्ञानताको कारणले हो या अन्य कारणले l अमेरिका आएका मानिसले कसै गरेर भए पनि कमाउछन भन्ने लागेर हो ? त्यो दैबले नै जानुन l

आफ्ना परिवारका कोहि सदस्य अमेरिका आउन पाएका छैनन् ,फर्माइस सुरु हुन्छ नेपालबाट l काम गरेको छ या छैन नबुझी या नसोची अमेरिकामा कमाई राखेको होला भन्ने गलत भान पर्न गै आफुलाई चाहिने कुरा सुची अनुसार मगाउने चलन ह्वात बढेको छ l

र यो क्रम जारी नै रहने छ l नेपालबाट निरन्तर यो पठा र उ पठा भन्ने प्रसस्त घरहरु भेटिन्छन l घर ब्यबहार चलाउनको लागि डलर पठाई दिनु भन्ने त कति हो कति l त्यसको लेख जोखा नै छैन l नेपालमा बिखर्ची हुदा काम चल्न सक्छ तर अमेरिकामा बगलीमा पैसा छैन बडो समस्या हुन्छ l परदेशमा कोहि आफ्ना हुदैनन् l छन् गेडी सबै मेरी ,छैनन गेडी सबै टेडी हुन्छन अमेरिकामा l

यहाँका मानिस संग कम्तिमा ६ महिना सम्म धान्नको लागि पैसा संचित गरेका हुन्छन l भै परि आउने संकटलाई त्यहि द्रव्यको भकारी फुकाई काम चलाउदछन l

के अमेरिकामा साच्चै डलर फल्छ त ? नेपाल जति मेहनत गरे यहाँ डलरको बिस्कुन पनि लगाउन सकिन्छ l डलर अवस्य फल्छ तर नरन देखिको बल लगाउनु पर्छ र कर्म गर्नु पर्छ l त्यति गरेमा अमेरिकामा डलर फल्छ l

जसले पनि अमेरिकामा कमाउन सक्दैन l अधिकांस नेपालीले मेहनत र कडा परिश्रम गरेर कमाएको देखिएको छ l ३० बर्षको घर किस्ताले मानिसलाई थला बनाई दिन्छ l घरको किस्ताले थाप्लो थिचेको थिचै गरि दिन्छ l

अन्य बिबिध खर्चले अमेरिकामा हुनेलाई किलकिले समाई रहेको हुन्छ l अमेरिकामा आर्थिक जटिल समस्या भोगी रहेकालाई समेत नेपालमा रहेका आमाबुवा , हजुरबुवा ,हजुरआमा, अभिभावक ,दाजुभाई ,दिदिबहिनि ,मामामाइजु ,काकाकाकी ,फुपू फुपाजु , प्रेमी या प्रेमिका ,सालासाली ,देउरानी जेठानी ,साथीभाई ,भदाभदै , सासुससुरा ,भिनाजु ,ज्वाई तथा भए भरका नाता गोता आदी ईत्यादिले अमेरिकामा बाट डलर पठाई दिनु भन्ने राम कहानी सबैले भोगेका छन् l घर घरकि कहानी पनि बनेको छ l

पठाउन पनि बाध्य भएका कैयौ परिवार छन् l सरल रुपमा उप्पर खुट्टी लगाई संचार प्रणालीबाट बेरोजगारी भत्ता खाई रहेकोलाई त्यो भए पनि पठाउनु भनि आदेश दिने नेपाली समुदाय पनि छन् l

संचार माध्यम बाट हकार्दै खर्च जसरि पनि पैसा पठाउनु भन्ने हुकुम पाएकाले रातो रात गरि पैसा पनि पठाएका छन l जुनसुकै कारण बाट अमेरिका आएकालाई खाटमा लम्पसार परि हुकुम दिने पनि छ्याप छ्याप्ती नेपाली समुदाय भेटिन्छन l एका बिहानै खाट मै पल्टी निन्द्रा बाट बोल्दै खुरन्दार रुपमा पैसा पठाउनु नत्र समेतको चेतावनी पाएका दुखित र कामको बोझले थिलथिलो भएका नेपालीले तनाब भोगेका पनि छन् l

आफ्ना सन्तान तथा अभिभावकलाई नेपालबाट अमेरिका पठाउन घरखेत ,बारी धितो राखेर ,सय कडा ३० प्रतिसत सम्मको ब्याजको ऋण काढेर अमेरिका पठाएकाले डलर कमाएर नपठाए कस्ले पठाउने भन्ने कुरा पनि जायज हुन्छ l ठटाएर भए पनि पैसा मगाउनु पर्छ l तर कस्तो अवस्थामा अमेरिका छ र यथार्थता बुझ्न सक्नु पर्छ l

अमेरिका पस्न साथ मानिसले कमाउन सक्दैन l समय लाग्दछ l जे भनेता पनि हामी अमेरिका आर्थिक सम्पन्न हुन आएका हौ l अमेरिका आएका सबैले आफ्नो कर्तब्य निभाएका छन् l सक्दो डलर कमाएर नेपालमा बस्ने आमा बुवा ,छोरा छोरि तथा अन्य परिवारलाई आर्थिक सहयोग गरेका छन् l अमेरीका छिरेकाले डलर बोटमा फल्छ ? या डलरको खेति कसरि हुन्छ भन्ने बुझेका हुन्छन l

तुलनात्मक रुपमा नेपालमा बस्नेले डलर भनेको रुखमा फल्छ भन्ने जस्तै सोच्ने गरि दिदा अमेरिकामा अहोरात्र हाड घोटी कमाई रहेका निरुत्साहित हुने हुन्छन l पिडुला फर्किदा पनि काम गरि ऋण मुक्त गराउन काममा लागि परेकाहरु अझ हतोत्साही हुन्छन l जसरि भए पनि अमेरिकाबाट रकम पठाउनु भन्ने हुकुमी आदेश नेपालबाट अमेरिका सम्म पुग्ने गर्छ l यो अत्यन्तै संबेदनशिल बिषय बनेको छ l छोराछोरीले कमाए बुवा आमालाई र बुवा आमाले कमाए छोराछोरीलाई जान्छ l

तर पैसाको लागि खुरुन्दार गर्नु र मुद्राको लागि हुकुम चलाउनु कतिको जायज हुन्छ ? यस्को कारण कतै वातावरण त बिग्रीदैन ? त्यो तर्फ हामीले सोच्ने कि ? छोराछोरीले बाबुआमा संग डलर मगाउनु हक हुन्छ भने बाबुआमाले छोराछोरीलाई डलर पठाउनु कर्तब्य हुन्छ l जे जसरी भए पनि डलरको हुकुम चलाएता पनि खाटमा लम्पसार परेर अमेरिकाबाट डलर मगाउने हुकुमी शैली उचित या अनुचित त्यो पाठक तथा सम्बन्धितले घोत्लिने हो कि ?

आगे यहाँहरुले जान्नु

………………………………………… अस्तु

प्रतिक्रिया