एक हप्तासम्म बालकको सनाखत हुन सकेन
इनेप्लिज
२०७२ भदौ ३ गते २:१३ मा प्रकाशित
तिलोत्तमा (रुपन्देही), ३ भदौ । रुपन्देहीको मैनहियामा खोलामा गत बिहीबार भेटिएको बालकको शव एक हप्तासम्म पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ११/१२ वर्ष उमेरका देखिने मैनहिया–१ मनधरास्थित तिनाउ खोला किनारमा फेला परेको शवको अझै सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार रातो, पहेंलो, खैरो एस्ट्रो ब्वाय लेखिएको टिसर्ट लगाएका तथा बायाँ खुट्टाको तिघ्रामा तीन इन्च लम्बाइको पुरानो पोलेको जस्तो खत देखिने बालकको अहिलेसम्म पहिचान भएको छैन ।
बालकको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया