शुक्रबार, असार १७ २०७९
काठमाडौं ०२:०६
वासिङटन डिसी 16:21

अमेरीका नेपाल सोसाईटी द्वारा अन्तर्कृया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ भदौ ३ गते १:३२ मा प्रकाशित
ANS image
स्थापनाको लामो ईतिहास बोकेको अमेरीका नेपाल सोसाईटीले शनिबार भर्जीनियामा आफ्ना पुर्व सदस्य तथा समाजका बिभिन्न सरोकारपक्षसँग एक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । पछिल्ला बर्षमा नेतृत्व र संस्थाले गरेका कामको समिक्षा गर्दै संस्था र यसका कृयाकलापलाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा यो भेलाको आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य प्रेम संग्रौला, डा. श्याम थापा, डम्वर अधिकारी, होम क्षेत्री, न्यान्सी क्षेत्री, प्रभा देउजा, कुमार देउजा लगायतले विगतका अनुभव र बर्तमान अवस्थामा संस्थाको प्रभावकारीतामा आफ्ना विचार राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा NRN भर्जीनिया च्याप्टरका कृष्ण भण्डारी, NRN केन्द्रिय सदस्य सुशील रेग्मी, समाजसेवी सुनील मणी दहाल, डा. मदन उप्रेती, मन कुमारी थापा लगायतका वक्ताहरुले सैयौंका संख्यामा रहेका नेपाली संस्था र तिनीहरुमा देखिएको चुनौतिलाई बुझेर अमेरीका नेपाल सोसाईटीले आफ्ना भावी कार्यनिती एबं लक्ष्य तय गर्नुपर्ने सुझाव राखेका थिए । अन्तरकृयामा आएका सल्लाह-सुझाव आगामी दिनकालागी मार्गदर्शक हुने बताउँदै यस सोसाईटीको सेवाभाव र पहुँचलाई फराकीलो बनाउन आफु र आफ्नो कार्यसमिती प्रतिवद्द रहेको कुरामा संस्थाका अध्यक्ष जीवन तिवारीले जोड दिनुभएको थियो ।
१०० डलर मै टिपिएस (TPS) सेवा

प्रतिक्रिया