आइतबार, असार ६ २०७८
काठमाडौं ०२:३८
वासिङटन डिसी 16:53

बन्दको विरोधमा गाडी र्‍याली

इनेप्लिज २०७२ भदौ २ गते १४:४९ मा प्रकाशित

विराटनगर, २ भदौ । संयुक्त मधेसी मोर्चालगायतका दलको लगातारको बन्दबाट आजित भए पछि ‘बन्दलाई सधैँका लागि बन्द’ गर्नुपर्ने नाराका साथ विराटनगरमा आज गाडी  र्‍याली निकालिएको छ ।

र्‍यालीमा ठूलो सङ्ख्यामा बस, ट्रक, कार, माइक्रोबस, जिप र मोटरसाइकलको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको सो  र्‍याली बजारको मुख्य भागका साथै महेन्द्रचौंक, बरगाछि हुँदै पुनः जिल्ला प्रशासन चौंकमा पुगेर सम्पन्न भएको थियो ।

सत्ताइस संस्थाको संयुक्त आह्वानमा भएको उक्त  र्‍यालीमा व्यापारी, यातायात मजदुरका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया