आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:२५
वासिङटन डिसी 15:40

न्युयोर्कमा नेपथ्यको कार्यक्रम हुने ।

इनेप्लिज २०७२ भदौ २ गते १४:४८ मा प्रकाशित

nepathey (1)एभरेष्ट टाइम्स
न्युयोर्क – चर्चित नेपाली सांगितिक समुह नेपथ्यले न्युयोर्कमा सांगितिक कार्यक्रम गर्ने भएको छ । आगामी अगष्ठको २९ तारिख आयोजना हुन लागेको उक्त कार्यक्रम म्यानहृटनस्थित हृमरस्टोन बलरुममा हुन लागेको लुम्बिनी इन्टरप्राइजेजका सदस्य विश्व शाहले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार कार्यक्रममा सवै टिकटहरु टिकेटमास्टर डटकमबाट विक्रि भइरहेको छ । एकताको लागी संागीत भन्ने नाराका साथ नेपथ्यको कार्यक्रम न्युयोर्कपछि डाल्ल्ाासमा हुन लागेको उनले बताए । नेपथ्यको सांगितिक समुह अगष्ठको २६ तारिख न्युयोर्क आइपुग्ने भएको छ । कार्यक्रम ओडिसी इन्टरमेन्टर लुम्बिनी इन्टरप्राइजेजले संयुक्त रुपमा आयोजना गर्न लागेको आयोजकले बताए ।

प्रतिक्रिया