मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:१८
वासिङटन डिसी 22:33

तेक्वान्दो टोली मलेसिया प्रस्थान

इनेप्लिज २०७२ भदौ २ गते १४:३९ मा प्रकाशित

काठमाडौँ, २ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।

मलेसियाको सारावाकस्थित कुचिङमा यही अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा दुई पुरुष र दुई महिला खेलाडीले सहभागिता जनाउने छन् ।

पुरुष ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारी तथा महिला ४९ केजीमुनि अस्मिता खड्का र ४६ केजीमुनि काजल श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन् । अस्मिता र सुबोधले एकल पुम्सेका साथै पेयर पुम्सेमा पनि भाग लिनेछन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङले बिदाई गर्नुभयो ।

प्रतिक्रिया