यस गरिमामय संस्थालाई आगामी दिनहरुमा अझै गतिशिल, प्रभावकारी एवं सहभागिमूलक बनाउन एन आर एन एनअमेरिकाको July 31st, 2015 मा बसेको कार्यसमिती को बैठकको निर्णय अनुसार बिधान मस्यौदा समितीको गठन गरी आगामी बिशेष साधारण सभा मार्फ़त बर्तमान बिधानमा समसाम़यीक शंसोधन का लागि सुझाबहरु संकलन गरि यहांहरु सबैको बिचारलाई समेट्न सकियोस भन्ने हेतुले सल्लाह एवं सुझावहरु सेप्टेम्बर ५, २०१५ (September 5, 2015) शनिवार सम्ममा आईपुग्ने गरि ईमेल मार्फत [email protected] मा
पठाई दिनुहुन जानकारीको लागि अनुरोध गर्दछौं ।
कृपया सुझावहरु पठाउदा निम्न बुँदाहरुमा केन्द्रित हुन अनुरोध गर्दछौं :
१) संगठन स्वरूप , सदस्यता, तथा निर्वाचन प्रणाली सरलीकरण
२) NRN NCC, NRN ICC, र 501C (3) बिच बैधानिक समन्वय
सल्लाह तथा सुझाबको लागि धन्यवाद !
डिल्ली भट्टराई
उपाध्यक्ष एवं संयोजक,
बिधान संसोधन मस्यौदा समिती
NRN NCC of USA, EXECUTIVE BOARD 2015-2017
Email: [email protected]
650-440-8266
NRN Bylaws dtraft comment request letter 08.05.2015
प्रतिक्रिया