म अमेरिकामा हराउन आएकी हैन : नायिका नन्दिता केसी

इनेप्लिज २०७२ भदौ २ गते २:३० मा प्रकाशित

IMG_1373 - Copyअमेरिकाको क्यालिफोर्नियामा भएको नेपाल दिवसमा भाग लिन नेपाली चलचित्रकि नायिका नन्दिता केसी अमेरिका आएकी हुन् l त्यसो त उनि त्यतिको लागि मात्र अवसरको भुमि अमेरिका टेकेकी हैनन् l

गत अगस्ट ७ देखी १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा बिशेष प्रस्तुति गर्न पनि अमेरिका अवतरण भएकी हुन् l

उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सवमा हलिउडका ,बलिउडका तथा ब्रम्हाण्डक बिभिन्न देशका प्रख्यात कलाकारहरुको उपस्थिती रहेको थियो l उक्त कार्यक्रममा नायिका नन्दिता केसीले नेपालको कला तथा संस्कृति झल्कने प्रकारका नृत्य प्रस्तुति गरि प्रसंसा बटुल्न सफल भईन l

IMG_1371 - Copyफेस्टिबल अफ ग्लोबले सम्मान पनि दियो नन्दिता केसीलाई l शालीन र साधारण जीवन शैली तर असाधारण अभिनय क्षमता भएकी नायिकाका रुपमा स्थापित छिन् नन्दिता केसी l उनि नेपालबाट क्यालिफोर्निया र क्यालिफोर्नियाबाट अहिले बिश्व कै सम्राट राज्य न्युयोर्कमा अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा धमकदार प्रस्तुतिको लागि पूर्व अभ्यासमा व्यस्त छिन् l

न्युयोर्क बाट कुराकानी गर्दै उनले भनिन म अमेरिकामा हराउन आएकी हैन र म बिलिन पनि हुन्न l मैले सार्बजनिक रुपमा म नेपाल फर्कन्छु भन्ने प्रतिबद्धता गरेकी थिए l र आगामी अगस्त ३० तारिख मातृभूमि फर्कने जानकारी गराईन l

उनले भनिन अमेरिका मेरो पहिलो पटक हो l अमेरिका बारे मानिस बाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन l आफु नेपाल दिवसको लागि आएको र त्यहाँ कार्यक्रममा सहभागी भए l र फेस्टिबल अफ ग्लोबमा आफु लगायत नायिका केकी अधिकारी सहित उक्त बृहत कार्यक्रममा प्रस्तुति गरेका थियौ l

IMG_1375अरु देशको प्रस्तुति भनेको अन्य नृत्य भएता पनि हाम्रो तर्फ बाट कला तथा संस्कृति झल्कने र नेपालको पहिचान गराउने प्रस्तुतिले हलिवुड ,बलिवुड तथा अन्य देशले मुक्त कण्ठले प्रसंसा गर्दा आफु गद्गद् भएको बताईन l

अमेरिकामा नेपाली समुदायले निकै माया गर्नुको साथै हौसला प्रदान गरेकोमा निकै उत्साहित भएको बताईन l नेपाल को कलाकारलाई फेस्टिबल अफ ग्लोब जस्तो महोत्सवमा स्थान दिनु चानचुने कुरा हैन l नन्दिताले अगाडी भनिन लिमोजिन गाडी ,पाँच तारेमा बसोबास ,ठुलो मंचमा प्रस्तुतिले आनन्दको अनुभूति भै रहेको भन्दै यसले हामी जस्तो देशको कलाकारलाई उत्साह जगाएको बताईन l

अमेरिकाको हलिवुडमा रातो गलैचामा हिड्ने अवसर पाउदा चरम आनन्द लागेको बताईन l आत्मा देखि नै सन्तुष्ट लागेको बताउदै यसले अझ आफ्नो कलामा अझ उर्जा थपिएको महसुस गरेको बताईन l बिभिन्न राष्ट्रका बिभिन्न कलाकारहरु संग हिड्न पाउनु र २ देखि ३ घण्टा सम्म हिडडुल गर्दा पनि समय बितेको थाहा नै नपाइने रहेछ नन्दिताले भनिन l

IMG_1374 - Copyउनले अमेरिकाको विभिन्न कार्यक्रममा लगाएका वस्त्र तथा पोशाक बनाउने फेशन डिजाइनर (वेशभूषा रूपकार)काठमाडौँ कुपन टोलकि सबिना महर्जनलाई बिशेष धन्यबाद अमेरिकाबाट दिन चाहेको बताईन l

यसै गरि नेपाली चलचित्र तथा नेपाली कलाकारलाई क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा सहभागी गराउन चाजो मिलाउने प्रकाश थापा लाई पनि धन्यबाद दिन चाहेको बताईन l

नन्दिताले आफु नेपाल फर्कने कुराको स्मरण गराउदै नेपाल जानु भन्दा अगाडी वाशिंगटन डिसी स्थित अमेरिकाका राष्ट्रपति बराक ओबामा बस्ने व्हाइट हाउस (सेतो घर ) तथा न्युयोर्कको स्वतन्त्रताकि मुर्ति हेर्ने ईक्षा लागेको बताईन l

IMG_1372 - Copy

प्रतिक्रिया