भारतीय प्रम मोदीले विहारका लागि १ लाख करोड सहयोगको घोषणा
विहार (भारत), १ भदौ । भारतको विहार प्रान्तमा हुन गइरहेको निर्वाचनको पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार ठूलो धनराशिको सहयोगको घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले आफ्नो भारतीय जनता पार्टी (बीजेपी) लाई सत्तामा पु¥याएमा उक्त प्रान्तले विकासको नयाँ आयाम चुम्नसक्ने भन्दै १.२५ लाख करोडको आर्थिक सहयोगको घोषणा गर्नुभएको हो ।
आफ्नो अबुधाबीको दुईदिने भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किनु भएका मोदीले बीजेपीको पूर्व सहयोगी नितेश कुमारलाई सङ्केत गर्दै भन्नुभएको छ, विहारको प्रतिष्ठामाथि खेलबाड गरी आफ्नो राजनीतिक लाभका लागि काम गर्नुभन्दा बीजेपीलाई निर्वाचनमा सघाउन अनुरोध गर्नुभएको छ ।
“म आज मेरो पार्टी बीजेपीको पूर्व एलायन्स ‘युनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए)’ सँगको प्रतिज्ञा पूरा गर्न तयार छु ।” मैले १.२५ लाख करोडको सहयोग विहारको विकासका लागि घोषणा गर्दै छु । अब तपाई मलाई विहारको भाग्य परिवर्तन गर्नका लागि आशिष दिनुुस् । विकासले मात्रै विहारलाई फाइदा दिन सक्छ र यहाँ व्याप्त गरिबी निवारण गर्न सकिने छ,” भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।
अब विहारले विकासको उच्च सम्भावनालाई चुम्न सक्छ, मोदीले एक सरकारी कार्यक्रमका अवसरमा आज बताउनुभयो । उहाँले आजै समग्र राज्यका लागि कैयौँ अरु योजना पनि प्रक्षेपण गर्नुभयो ।
मोदीले विहारका लागि यो सहयोग प्याकेज बजेटमा व्यवस्था गरिएका अन्य योजना बाहेक छुट्टै योजनाका रुपमा घोषणा गर्नुभएको हो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया