एनआरएनए यूएईको महाधिवेशन कार्यतालिका र नियमावली

इनेप्लिज २०७२ भदौ १ गते १४:१२ मा प्रकाशित

uae

NRNA NCC UAE GA Niyamawali

निर्वाचन समिति – २०१५

(गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएई)

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली

४ सेप्टेम्बर २०१५ का दिन दुबईमा हुने एनआरएनए एनसिसि यूएईको महाधिवेशनमा उम्मेदवारी दिन चाहने

महाधिवेशन प्रतिनिधि (परिषद सदस्य)हरूले पालना गर्नु पर्ने नियम तथा सर्तहरू :

१) यस महाधिवेशनमा निम्न पदकालागि निर्वाचन हुने छ ।

आइसीसी सदस्य : १००० पंजीकृत सदस्य बराबर १ जनाका दरले

अध्यक्ष – १

उपाध्यक्ष – ३ (प्रथम, द्वितीय, तृतीय)

महासचिव – १

सचिव – २ (प्रथम, द्वितीय)

कोषाध्यक्ष – १

महिला संजाल प्रतिनिधि – १

युवा संजाल प्रतिनिधि – १

सदस्य – १३ (क्षेत्रगत ६, महिला १ सहित)

क्षेत्रगत रुपमा संघका आबुधाबी, दुबई, शारजाह, रास अल खेमा, अल ऐन र फुजिरा क्षेत्रीय समितिबाट

अनिवार्य १/१ जना एनसीसी यूएईको कार्यसमिति सदस्यमा निर्वाचित हुनेछन् । कार्यसमितिमा १ जना महिला

सदस्य अनिवार्य निर्वाचित हुनेछन् ।

२) महाधिवेशनमा भागलिनका लागि देहाय बमोजिमको प्रकृया पुरा गर्नुपर्ने छ ।

२.१. महाधिवेशनमा एनआरएनए यूएई मातहत रहेका निम्न अनुसारका क्षेत्रीय समितिहरुको क्षेत्रीय अधिबेसन

मार्फत १० जना सदस्य बराबर १ जना प्रतिनिधि चयन भएका महाधिवेशन प्रतिनिधि(परिषद सदस्य)हरुले

भागलिन पाउने छन् ।

क्षेत्रीय समितिहरु:

दुबई क्षेत्रीय समिति

अबुधाबी क्षेत्रीय समिति

शारजाह क्षेत्रीय समिति

फुजेराह क्षेत्रीय समिति

रासअल खेमा क्षेत्रीय समिति

अल ऐन क्षेत्रीय समिति

२.२. यस महाधिवेशनमा एनआरएनए एनसीसी यूएईका वर्तमान केन्द्रीय कार्यसमितिका सम्पूर्ण

पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकार समितिका पदाधिकारी र सदस्यहरु, अन्तर्राष्ट्रिय समन्वय परिषदको

टास्क फोर्समा प्रतिनिधित्व गर्ने ब्यक्तिहरु, क्षेत्रीय समितिका अध्यक्षहरुले महाधिवेशन प्रतिनिधिका रुपमा भाग

लिन पाउनेछन ।

२.३. माथि उल्लेख भए अनुसारका महाधिवेशन प्रतिनिधिले महाधिबेशनमा यस नियमावलीको ३.१ र ३.२

मा उल्लेखित भए बमोजिम उम्मेदवारी तथा मतदान दिन पाउने छन्।

२.४. महाधिवेशनमा मतदानको अधिकार प्राप्त सदस्यहरूका लागि प्रतिनिधि परिचय पत्रको व्यवस्था गरिनेछ,

उक्त परिचय पत्र बिना कसैले पनि मतदान गर्न पाउने छैनन्।

२.५. महाधिवेशन प्रतिनिधिहरुले तोकिएको दस्तुर सहित निर्वाचन समितिले उपलब्ध गराउने फारम भरी

बुझाउनु पर्नेछ । सोहि आधारमा महाधिवेशन प्रतिनिधि परिचय पत्र उपलब्ध गराइनेछ ।

३) उम्मेदवार दर्ता सम्बन्धमा :

३.१. अध्यक्ष पदको उम्मेदवारी दर्ताको लागि एनआरएनए यूएईको केन्द्रीय कार्य समिति सदस्य, पदाधिकारी

वा एनसिसि यूएईको सल्लाहकारको रुपमा एक कार्यकाल काम गरेको, क्षेत्रीय समितिको अध्यक्ष भइ काम

गरिसकेको हुनु पर्नेछ । यूएईका अन्य संघ संस्थामा पदीय मर्यादा(अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह

सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष) मा नरहेको व्यक्ति हुनु पर्नेछ ।

३.२. अध्यक्ष बाहेकको अन्य पदमा उम्मेदवारी दर्ता गराउनका लागि महाधिवेशन प्रतिनिधि चुनिएकाहरु योग्य

हुनेछन् । तर अध्यक्ष बाहेकका अन्य प्रमुख पदहरुमा उम्मेवारी दिने व्यक्ति यूएईका अन्य संघ संस्थामा पदीय

मर्यादा(अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष) मा नरहेको व्यक्ति हुनु

पर्नेछ ।

३.३. क्षेत्रीय समितिका अधिबेसनद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यहरु महाधिवेशन प्रतिनिधि चुनिएमा

निजहरुले उम्मेद्वार बन्न नपाउने तर मतदान गर्न पाउनेछन् ।

३.४. कुनैपनि पदमा परेको उम्मेद्वारी बिधानसम्मत नभएको खण्डमा निर्वाचन समितिले त्यस्ता उम्मेद्वारी

जुनसुकै बेला खारेज गर्न सक्नेछ । सार्वजनिक सूचना प्रकाशन गरी उम्मेद्वारी खारेज हुनुको कारण समेत

खुलाईनेछ ।

३.५. कुनै उमेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद

धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्ने छ ।

(एनसिसि महाधिवेशन सम्बन्धि आइसिसि नियमावली (४.१०)

३.६. महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिले एक प्रति पासपोर्ट साइजको कलर फोटो सहित तोकिएको

समयसीमा भित्रमा यस नियमावलीको ६ मा उल्लेख भए बमोजिमको शुल्क सहित उम्मेदवार दर्ता फाराम

भरेर उम्मेदवारी दर्ता गराउनु पर्नेछ । यूएईमा रहेको आफ्नो परिचय खुलाउने कुनै एक परिचय पत्रको

फोटोकपी निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।

३.७. प्रत्येक उम्मेदवारले १/१ जना महाधिवेशन प्रतिनिधिलाई प्रस्तावक र समर्थकको रूपमा राख्नु पर्नेछ ।

उम्मेदवार प्रस्ताव वा समर्थन गर्दा एकजना महाधिवेशन प्रतिनिधिले एक पदका उम्मेदवारका लागि मात्रै

प्रस्ताव र समर्थन गर्न पाउनेछन् ।

३.८. एक व्यक्तिले एक भन्दा धेरै पदमा उम्मेदवारी दिन पाउने छैन । एकै व्यक्तिले एकभन्दा बढी पदमा

उम्मेदवारी दिएमा निजको सबैपदको उम्मेदवारी बदर हुनेछ भने उम्मेदवारी शुल्क समेत फिर्ता हुनेछैन ।

त्यस्ता पद खालि भएमा निर्वाचन समितिले सूचना प्रकासित गरी सो पदकालागि मात्र निर्वाचन गराउने छ ।

४) उम्मेदवारी फिर्ता

४.१. निर्वाचन समितिले तयार गरेको उम्मेदवारी फिर्ता फारम भरेर बुझाएमा आफ्नो उम्मेदवारी फिर्ता लिन

चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने छ । निर्वाचन समितिले उपलब्ध गराउने उक्त फारम तोकिएको

समय भित्रमा उम्मेदवारले निर्वाचन समितिलाई बुझाईसक्नु पर्नेछ ।

४.२. समयसिमा भित्र रही कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उम्मेदवारी फिर्ता फारम

भरि निर्वाचन समितिलाई बुझाए पश्चात सो उम्मेदवारी दर्ता शुल्क वापत बुझाएको २५% रकम कट्टा गरि

बाँकि रकम फिर्ता गरिनेछ ।

४.३. निर्वाचन समितिले तोकेको समयसिमा कटिसकेपछि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन

चाहेको खण्डमा उम्मेदवारी दर्ता शुल्क फिर्ता हुने छैन ।

५) उम्मेदवारी माथी दाविविरोध सम्बन्धमा :

५.१. कुनै पनि उम्मेदवारमाथी दावी बिरोध गर्नु परेमा निर्वाचन समितिले उपलब्ध गराउने उम्मेदवार

दाविविरोध फारम भरेर यस नियमावलीको ७ मा उल्लेख भए बमोजिम दाविबिरोध शुल्क सहित निर्वाचन

समितिले तोकेको समयभित्र निर्वाचन समितिलाई बुझाउनु पर्ने छ । यसरी परेको दाविविरोधमाथि निर्वाचन

समितिले निर्णय लिने छ ।

५.२. दाविविरोध गर्दा दाविविरोध गर्ने सदस्यको दुई जना समर्थक हुनु पर्नेछ ।

५.३. दाविविरोधकर्ताले यूएईमा रहेको आफ्नो परिचय खुलाउने कुनै एक परिचय पत्रको फोटोकपी निर्वाचन

समितिलाई बुझाउनु पर्नेछ ।

५. ४. दाबिबिरोध गरिएको उम्मेदवारलाई आफुमाथि लागेको विरोधको आरोपको बारेमा स्पस्ट पार्न समय

दिइने छ । सो समय निर्वाचन कार्यतालिकामा उल्लेख गरिने छ ।

५.५. उक्त दाविविरोध सम्बन्धि छानविन गर्दा दाबिबिरोध लागेको उम्मेदवार, दाविविरोध कर्ता र

दाविविरोध गर्न समर्थन गर्ने सदस्यसँग सोधपुछ गर्न सकिने छ ।

५.६. दाविविरोधबापत बुझाइएको शुल्क फिर्ता हुने छैन ।

६) उम्मेदवारी दर्ता शुल्क निम्न वमोजिम हुनेछ ।

आईसीसी सदस्य ४००० दिर्हाम

एनसीसी अध्यक्ष २००० दिर्हाम

एनसीसी उपाध्यक्ष १५०० दिर्हाम

एनसीसी महासचिव १३०० दिर्हाम

एनसीसी सचिव १००० दिर्हाम

एनसीसी कोषाध्यक्ष १००० दिर्हाम

युवा संजाल प्रतिनिधि १००० दिर्हाम

महिला संजाल प्रतिनिधि १००० दिर्हाम

एनसीसी सदस्यहरू ३५० दिर्हाम

७. दाविविरोध शुल्क

उम्मेदवार बिरुद्ध दाविबिरोध गर्नुपरेमा सो बापत ५०० दिर्हाम शुल्क बुझाउनु पर्नेछ ।

८ ) उम्मेदवारी दर्ता फारम, फिर्ता फारम, दबिबिरोध फारम तथा शुल्क र अन्य कागजात बुझाउने बारे :

निर्वाचन कार्यक्रमको प्रकृयाका क्रममा निर्वाचन समितिले उपलब्ध गराउने बिभिन्न फारम तथा अन्य

कागजातहरु उम्मेदवारले तोकिएको शुल्क सहित निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिकामा

उल्लेख गरीए बमोजिमको समय र स्थानमा उम्मेदवार स्वयं उपस्थिती भएर बुझाउनु पर्ने छ ।

९) सहमतीका लागि समय

९.१. सर्वसम्मत उम्मेदवारी चयनका लागि उम्मेदवारलाई सहमती गर्ने समय दिइने छ । उम्मेदवारी फिर्ता

लिने अन्तिम समय भन्दा पहिला उक्त समय दिइनेछ । उम्मेद्वारी फिर्ता लिने समय पूर्व नै सहमतिको प्रयास

गरिसक्नु पर्नेछ ।

९.२. सहमतिको प्रकृयामा उम्मेदवारहरुलाई जवरजस्ती उम्मेदवारी फिर्ता गर्न/गराउन पाईने छैन । सहमति

गर्ने उम्मेदवारले राजीखुसी उम्मेदवारी फिर्ता फारम भरी निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।

९.३. राजीखुसी सहमति प्रकृयामा आई तोकिएको समय भित्र आफ्नो उम्मेदवारी फिर्ता लिन चाहने

उम्मेदवारलाई सहमतिकै आधारमा एक पटकको लागि मात्र अर्को पदमा उम्मेदवारी फेरबदल गर्न मौका दिईने

छ । यसका लागि निर्वाचन समितिले उपलब्ध गराउने फारम भरि उम्मेद्वारी फिर्ता लिने समय भित्रैमा

निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।

९.४. कुनै पदमा उम्मेदवारी दिएको उम्मेद्वारले सहमतिको लागि पहिला उम्मेदवारी दिएको भन्दा मुनिको

पदमा ९.३ अनुसार पुनः उम्मेद्वारी दर्ता गर्न चाहेमा उक्त पदमा पहिला नै उम्मेद्वारी दिएका उम्मेद्वार भन्दा

स्वत: कनिष्ठ मानिनेछ ।

१०) निर्विरोध उम्मेदवार विजयी

कुनै पनि पदमा निर्विरोध विजयी भइसकेको उम्मेदवारलाई हटाउन पाइने छैन ।

११) मतदान

निर्विरोध उम्मेदवार चयन हुन नसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरुद्वारा महाधिवेशन स्थलमा

मतदान मार्फत कार्यसमितिको चयन गरिने छ । मतदानको विबरण निर्वाचन कार्यतालिकामा प्रकासित हुनेछ

१२) विजयी उम्मेदवारको सम्बन्धमाः

सहमतीय प्रकृया मार्फत निर्विरोध भएका वा मतदान मार्फत बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन

समितिले विजयी उम्मेदवार घोषणा गर्ने छ । विजयी उम्मेदवारलाई २०१५ – २०१७ कार्यकालका लागि

कार्यसमितिमा चयन भएको प्रमाण पत्र दिइने छ । विजयी उम्मेवारले संस्थाको विधान मुताविक सपथ लिनु

पर्ने छ ।

१३) आइसिसिको नियमावली र आचार संहिता लागु हुने

एनसिसिको निर्वाचन प्रकृया सम्बन्धि एनआरएनए आइसिसिद्वारा जारी भएको एनसिसि निर्वाचन नियमावली

र आचार संहिता पनि लागु हुनेछ

नोटः

क) यस नियमावलीमा केही फेरवदल गर्नुपर्ने भएमा निर्वाचन समितीले निर्णय गरी पुनः सुचना जारी गर्नेछ ।

ख) यस नियमावलीमा उल्लेख भएका कुनैपनि नियम महाधिबेसन सम्बन्धि गैर आवासीय नेपाली संघ, राष्ट्रिय

समन्वय परिषद यूएईको बिधानसंग बाझिएका खण्डमा स्वत: विधानमा उल्लेख भए बमोजिम हुनेछ ।

निर्वाचन समिति – २०१५

(गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएई)

प्रतिक्रिया