२९ अगष्टमा तीजको अवसरमा हुने विशेष कार्यक्रमको रौनक

इनेप्लिज २०७२ भदौ १ गते १४:०७ मा प्रकाशित

11873525_10153488040761069_6693947874549618660_n— हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा बे एरियाका विभिन्न स्थानमा नेपाली समुदायको विभिन्न संघसंस्थाहरुले विशेष कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने भएका छन् ।

हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट शनिबार, २०१५ मा विशेष कार्यक्रम हुने भएको छ । आयोजकले २९ अगष्टको विशेष कार्यक्रमको मिति सुरक्षित राख्नका लागि सम्पूर्णलाई आह्वान समेत गरेको छ । विशेष कार्यक्रममा सहभागी भएर नाच्न र रमाउन आयोजकले आह्वान गरेको छ ।

बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा ( 2700 Saratoga Strect Alameda CA 94501) हुने कार्यक्रममा सहभागिताका लागि २० डलर तोकिएको छ । २० डलर तिरेपछि डिनर, स्न्याक्स, सफ्ट ड्रिंक्स र एक गिलास वाइन निःशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । यद्यपि १२ बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

रोहित क्षेत्री डिजे रहनु हुने कार्यक्रममा पवित्रा परियार अतिथि कलाकार रहनु हुने आयोजकले जनाएको छ । कलाकार परियारले हालसम्म दुई दर्जनभन्दा बढी गीतहरु गाईसक्नु भएको छ । उहाँले अहिले सम्म एक दर्जनभन्दा बढी गीति एल्बमहरु निकालिसक्नु भएको छ । उहाँ इस्ट कोस्टमा अत्यन्तै लोकप्रिय गायिका को रुपमा परिचित रहनु भएको छ । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार स्थानीय च्यानलले पनि उक्त कार्यक्रमको कभर गर्ने भएको छ । उक्त
कार्यक्रमबाट भएको नाफा रकम भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाका श्री क्षमादेवी उच्च मा. वि.”को पुनर्निर्माणमा लागि प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने भएको छ । यस्तै कार्यक्रममा सहभागी हरुलाई हिमालयन कजिन कन्कर्डले खानाको व्यवस्था गर्ने भएको छ । यस्तै अहिलेसम्म उक्त कार्यक्रमका लागि क्षत्री एण्ड एसोसिएट्सले ३००, बालकृष्ण आचार्यले २००, दिक्पाल केसीले २००, श्याम श्रेषठले १०० डलर चन्दा सहयोग गर्नुभएको छ । यस्तै कार्यक्रमका लागि सोनिया केसीले एक सय, संगीता गुरुङले एक सय, अंगीरा सुवेदीले एक सय, यज्ञ नेपालले ५० डलर सहयोग गर्नुभएको छ ।

कार्यक्रमका लागि टंक क्षेत्री लगायत विभिन्न महानुभावनहरुले आर्थिक सहायता गर्नुभएको छ । कार्यक्रम का लागि समाजसेवी तथा व्यवसायी मनोज घिमिरेले आठ केस बियर सहयोग गर्नु हुने भएको छ । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि सहभागीहरुलाई सहयोग गरि दिन हुन आयोजक समितिकी संयोजक संगीता गुरुङले सबैलाई आह्वान समेत गर्नुभएको छ । साथै उक्त दिन जनै पूर्णिमा परेको हुनाले रक्षा बन्धन अर्थात डोरो बाँध्नका लागि ब्राम्हणको पनि व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया