नाच्न तयार हुनुहोस्, अमेरिका आउँदै छौंः प्रशिद्ध लोकगायक बद्री पङ्गेनी

इनेप्लिज २०७२ भदौ १ गते १:०१ मा प्रकाशित

b 1

अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तिज ,दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रशिद्ध लोक गायक बद्रि पंगेनी नेपालका ख्याती प्राप्त कलाकारहरुसंग अमेरिका आउने पक्का भएको छ l

नेपाल बाट अमेरिका कुराकानी गर्दै बद्रि पंगेनीले भने नेपाली समुदाय तथा नेपाली भाषी भुटानी समुदायलाई नाच्नको लागि र हास्नको लागि तयार रहन संदेश दिएका छन् l पंगेनीले भने सपनाको संसार अमेरिका जाने कलाकारको मात्र हैन सबैको ईक्षा हुन्छ l र तिज ,दशैँ तथा तिहारको कार्यक्रम लिएर आफु अमेरिका जान पाएकोमा हर्ष लागेको बताए l

उनले भने अमेरिकामा आफ्नो पहिलो पटक भ्रमण हुने भएकोले आफु निकै उत्साहित छु l अमेरिकामा लोक तथा दोहोरि गीत अत्यधिक मन पराउने नेपाली तथा भुटानी समुदाय भएकोले आफु कसरी र कस्तो गीत गाउने भन्ने तर्फ चिन्तित पनि भएको बताए l दर्शकको मन जित्ने र मन पराउने गीतको लागि आफु तयारमा रहेको बताए l

लोक गीतमा आफु र दोहोरि गीतमा आफु र शिला आलेको प्रस्तुतिले पिडुला फर्कने गरि पनि नचाउने छौ भने पेट मिची मिची हसाउन जितु नेपाल (मुन्द्रे )हुदै हुनु हुन्छ भने l कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने भएका छन् l अगस्त २९ देखी नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने भएको छ l

कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त रुपमा आयोजना गर्ने छ l यसै गरि अगस्त २९ तारिखमा हुने उद्घाटन समारोहको बिशेष आयोजना भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग ( बिसीएपी )ले गर्ने छ l

वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले २०७२ तिज ,दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य पनि रहेको बताए l

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने आयोजकले बताएका छन् l

a

प्रतिक्रिया