पाँच मन्त्रालयका शीर्षकमाथिको छलफल सकियो

इनेप्लिज २०७२ साउन ३२ गते १५:०८ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत श्रम तथा रोजगार, उद्योग, संस्कृति, पर्यटन तथा नागरिक, महिला, बालबालिका तथा समाजकल्याण र वाणिज्य तथा आपूर्ति मन्त्रालयमाथिको छलफल सम्पन्न भयो ।

ती मन्त्रालयका शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद्हरूले भूकम्पपछिको स्थितिमा सुरक्षित गन्तव्यलाई उजागार र प्रवद्र्धन गर्नुपर्ने, आधा आकाश ओगटेका महिलाको क्षमता र सीप अभिवृद्धिका लागि बजेट कार्यक्रम आउनुपर्ने, प्राथमिकताका आधारमा नभई पहुँचका आधारमा बजेट आउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी उहाँहरुले भविष्यका कर्णधार बालकालिकालाई बजेट कम भएको, महिला सशक्तीकरणका कार्यक्रम कम भएको, ऐतिहासिकस्थल, जात÷जातिगत भाषा, साहित्य र सम्पदाको संरक्षण हुने राष्ट्रिय सांस्कृतिक सोच नभएको आँैल्याउनुभयो ।

छलफलमा श्यामकुमार श्रेष्ठ, चन्द्र महर्जन, सुशीला नेपाल, सरस्वती बजिमय, आदित्यनारायण कशोधन, केशरी घर्तिमगर, उदयशमशेर जबरा, आशा यादव, भेषकुमारी रावत भट्टराई, मिठु मल्ल, केदारप्रसाद सञ्जेल, मोहनसिंह राठौर, ज्ञानुदेवी गेह्रे, प्रेमबहादुर गिरीलगायतले भाग लिनुभएको थियो ।

अर्को बैठकमा बाँकी मन्त्रालयका विनियोजन शीर्षकमा छलफल हुनेछ ।

संसद्को अर्काे बैठक भोलि भदौ १ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया