भूतखेल मैदानमा टोखा वडा कप फुटबल हुने
काठमाडौं, ३२ साउन । काठमाडौंको टोखामा वडा कप फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
बालप्रेमी खेलकुद मण्डल टोखाको आयोजनामा यही भाद्र २ गतेदेखि नयाँगठित टोखा नगरपालिकाका वडाहरुबीच फुटबल प्रतियोगिता हुने भएको हो ।
काठमाडौंको उत्तर इलाकामा पर्ने ५ वटा गाविसहरु झोर महाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबुलाई समेटेर बनाएको यस नगरपालिकाका बासिन्दाहरु बीच सौहार्द र एकताका लागि यो प्रतियोगिता आयोजना गरेको बालप्रेमी खेलकुद मण्डलका अध्यक्ष रमेश डंगोलले बताए ।
१२ वटा वडाका टोलीहरु सहभागी यस प्रतियोगिताको उद्घाटन भाद्र २ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले गर्नेछन् ।
फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरण खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्ने आयोजकले जनाएको छ । खेलहरु टोखा नगरपालिका वडा नं ६ अन्तर्गत भूतखेल खेल मैदानमा हुनेछन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया