बिहीबार, असार ३ २०७८
काठमाडौं २३:१७
वासिङटन डिसी 13:32

बन्दविरुद्ध यसरी उर्लियो काठ्माण्डौं

इनेप्लिज २०७२ साउन ३२ गते ८:५५ मा प्रकाशित

Rss_Images_1439796504091_MG-Ktm-bebeksheel (1)काठमाडौँ, ३२ साउन । नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले आज र्‍याली निकालेको छ ।

‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाका अध्यक्ष उज्ज्वल थापाले बताउनुभयो ।

आज माइतीघर मण्डलाबाट निस्केको र्‍याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप, पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो लगनखेल हुँदै पुनः माइतीघर मण्डला आएर समापन गरिने जानकारी उहाँले दिनुभयो ।

Rss_Images_1439796435628_MG-Ktm-bebeksheel (2) (1)

प्रतिक्रिया