भदौ १५ गते नयाँ संविधान: सञ्चार मन्त्री डा रिजाल
इनेप्लिज
२०७२ साउन ३२ गते ८:३३ मा प्रकाशित
पोखरा, ३२ साउन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले भदौ १५ गते नयाँ संविधान जारी गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधानको प्रारम्भिक मस्यौदामा असहमति भएका बुँदालाई सहमतिमा ल्याउन कसरत भइरहेकाले आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।
नयाँ संविधान जारी भएपछि पनि संविधान परिमार्जन गर्न सकिने भएकाले यसमा अहिल्यै कसैले पनि असन्तुष्टि राख्नुपर्ने जरुरी नभएको उहाँको धारणा थियो ।
मन्त्री डा रिजालले कास्कीका काँग्रेस कार्यकर्ता रामजी पौडेको हत्यारा जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिनेछ भन्नुभयो ।
युनियनका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया