जङ्गली बँदेलले बालीमा नोक्सानी पुर्यायो
कञ्चनपुर, ३२ साउन । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बस्ती छिर्ने गरेको बँदेलको बथानले कञ्चनपुरको बेल्डाँडीका स्थानीय कृषकले लगाएको बालीमा व्यापक नोक्सानी पुर्याउन थालेको छ ।
बँदेलको बथानले गाविसको वडा नं ७, ८ र ९ मा धान, मकै, उखु बाली खाएर नोक्सानी पु¥याएको हो ।
दैनिक ३० बढीको सङ्ख्यामा खेतमा छिर्ने बँदेलको बथानले बाला निस्कनै लागेको धान, मकै, उखु खाएर व्यापक नोक्सानी पुर्याएको स्थानीय मदनराज भट्टले बताउनुभयो । हालसम्म कृषकको सात बिगाह बढी खेतमा बँदेलले नोक्सानी पु¥याएको उहाँले बताउनुभयो ।
“बँदेल नियन्त्रण गर्नका लागि वर्षाको पर्वाह नगरी खेतमै रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको छ” उहाँले भन्नुभयो । आरक्ष कार्यालयलाई बँदेल नियन्त्रणका लागि आग्रह गरे पनि नियन्त्रणको प्रयास हुन नसकेको यहाँका कृषकको भनाइ रहेको छ ।
यसैगरी, बेलौरी नगरपालिका–१२ रतनपुर नयाँ बस्तीका बासिन्दाले समेत बँदेलको समस्या झेल्दै आएका छन ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया