बाढीबाट लाखौँ विस्थापित हुदा निर्वाचन अभियानमा असर
याङगुन, ३१ साउन । हालैको मनसुनी वर्षाबाट म्यानमारमा आएको बाढीका कारण राष्ट्रव्यापी रुपमा विस्थापित हुने व्यक्तिको सङ्ख्या सात लाख नाघेको बताइएको छ ।
म्यानमारको कृषि तथा सिँचाइ मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार म्यानमारका कयौँ क्षेत्रमा वस्ती नै खाली गरिएको र अरु कयौँ स्थानमा निकै ठूलो प्रभाव पारेको बताइएको छ ।
भीषण बाढीका कारण कारण म्यानमार भरी सयजनाभन्दा बढीको ज्यान पनि गइसकेको समाचार यसअघि नै आएको थियो । साथै दर्जनौँ व्यक्ति हराइरहेका पनि बताइएको छ ।
म्यानमारको समाजकल्याण, उद्वार तथा पुनर्वास मन्त्रालयले उद्वारको काम पनि तदारुकताका साथ भइरहेको जानकारी दिएको छ ।
यस बाढीबाट राखिन, मन्दालायबाट, साङगइ्ङग, सान राज्यहरु बढी मात्रामा प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ ।
भारी मात्रामा वर्षासँगै म्यानमारका विभिन्न क्षेत्रमा बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् ।
यसैबीच म्यानमारबाट प्राप्त अर्काे एक समाचारअनुसार म्यानमारमा आगामी नोभेम्बर महिनामा हुन लागेको आमनिर्वाचन पनि यस बाढीका कारण प्रभावित भएको जनाइएको छ ।
समयमै निर्वाचन सम्पन्न हुने काममा बाढीले कुनै असर नगर्ने भएपनि उद्वारका लागि कयौँ कर्मचारी र सुक्षाकर्मी खट्नुपर्ने भएकोले निर्वाचनको तयारीका कतिपय कामहरु ढिला हुन पुगेको कुरा अधिकारीहरुले जनाएका पनि समाचारमा जनाइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया