प्रचण्डलाई म परदेसी जेठोको खुलापत्र

इनेप्लिज २०७२ साउन ३१ गते ११:०७ मा प्रकाशित

puskar 2

सबै जना आफुलाई परदेसी कान्छो भन्छन र भन्ने गर्छन तर आज म परदेशी जेठो भएर माओबादी नेता प्रचन्डलाई खुला पत्र लेख्दै छु ।परदेसी जेठो किन हो भनेको भने म घर्को जेठो छोरा भएर पनि भनेको हो l नाम र दाम कमाउन मान्छेले राम्रो र नराम्रो काम दुबै गरेका हुन्छन l

कसैले राम्रो काम गरेर नाम र दाम आफ्नो मुट्ठीमा राख्दछन भने कसैले नराम्रो काम गरेर नाम र दाम दुबै चिजलाई बद्नाम गरेका हुन्छन l

त्यस्तै मैले आज जे देखे त्यही लेख्दै छु । प्रचन्ड जि यो मेरो खुला पत्रलाई एक पल्ट आफ्नो अमुल्य समय दिएर झर्को नमानी पढी दिनु होला l प्रचन्ड जि तपाईंले आज १५ बर्षमा धेरै नाम अनि दाम कमाउनु भयो l यो तपाईको अहिले सम्मको नराम्रो काम भित्र पर्न जान्छ । तपाईंले सोजा साझा जनतालाई धेरै दुख दिनु भयो र झुक्याउनु भयो l जे जसरि भए पनि नाम र दाम चाहिदो कमाउनु भो l मलाई लाग्छ अब तपाईंका सबै ईक्षा पुरा भए होला ।

मैले माथि उल्लेख गरे झै राम्रो काम र नराम्रो काम भनेको थिए ,तपाईंले अहिले सम्म नराम्रो काम गर्नेमा पर्नु हुन्छ l नराम्रो काम गरेर नाम र दाम कमाउनु भई सकेको छ । सोझा साझा जनतालाई तपाईंले ठग्नु ठगी सक्नु भयो l लुट्न लुट्नु भो र झुक्याउनु सम्म झुक्याउनु भो l

देश र नेपाली जनताहरु रोई रहेका छन् l तपाईलाई त्यो आँशुले पिरोली रहने छ l जनता र देशलाई तपाईले चुस्नु चुसी सक्नु भयो l अब धेरै नचुस्नुहोस उडुसले पनि आफु अघाए पछि मान्छेलाई चुस्न छोडेर आफ्नो बाटो लाग्छ l हो तपाई पनि अब आफ्नो राजनीतिको बाटो ,क्षेत्रबाट बिदा लिने बेला आएको छ l सन्यास लिने समय आएको छ र अब चुस्न छोडी दिनुस l

l देश खरानी भएर सकी लाग्न लागि सक्यो अब धेरै आफ्नो घरमा आफै आगो नलगाउनु होस् देश सखाप पर्ने खेल बन्द गर्नुस l आज १० बर्ष भै सक्यो खॊइ संबिधान ? संबिधानको नाममा देश लुट्ने काम मात्र भयो l नराम्रो काम मात्र भयो l

त्यहि नराम्रो कामले गर्दा आज तपाइको नाम प्रचण्ड भयो l तपाई आज यस आरामको जिन्दगि बिताउदै हुनु हुन्छ l जनता धेरै पटक मरी सके र देश पटक पटक मर्दै छ l अझ तपाई देश टुक्राउने चल खेल गर्दै हुनु हुन्छ l अब देशलाई टुक्राउने तिर हैन जोड्ने तिर लाग्नु होस् l संबिधान बनाउने तर्फ लाग्नु होस् l अनि तपाईलाई जनताले स्याबासी दिने छन् l हो ,तपाईले नराम्रो काम गरेर नाम र दाम त् धेरै कमाई सक्नु भयो l अब यी सबै कुरा त्यागेर राम्रो कामको थालनी गर्नुस lराम्रो कामको श्री गणेश गर्नुस l अनि जनताले तपाईलाई मान्ने छन् ,हैन भने ढुंगा हान्ने छन् l

आउनु होस् अब पिडाले छटपटाई रहेका जनतालाई मल्हम लगाउने काम गर्नुस ,नाम र दाम पछि नलाग्नुस् l ईमान्दारी ,राष्ट्र सेवक भएर राष्ट्रको सेवा गर्नुस l नराम्रो काम गरेर हैन राम्रो काम गरेर दाम हैन नाम राख्ने काम गर्नुस l

नरामो चिजले सबैलाई असर गर्छ lनराम्रो काम त जो सुकैले पनि गर्न सक्छ l तर राम्रो काम भने जो सुकैले पनि गर्न सक्छ lतर राम्रो काम भने जो त्यहिले गर्न गार्हो छ यहि गार्हो कामलाई तपाइले आज सहज बनाउन सक्नु हुन्छ l

मेरो बिन्ति छ , अब देश विकासको कुरा तर्फ अग्रसर हुनु पर्यो l राम्रो काम गरेर अब नाम कमाउने तिर लम्कनु पर्यो l अब काम गरेर जनतको मन जित्नु होस् l तपाई के का लागि मालिक ?कसको मालिक कसको नेता ? आखिर देश र जनता छ भन्ने तपाइको औचित्य रहन्छ l तपाइको मुल्य रहन्छ ,नभए तपाई आफ्नो लागि मात्र नेता हो भने तपाईको परिवार नै काफी छ्न ,नेता बन्नलाई l

जनताको सामु आई रहनु पर्दैन घर भित्र राजनीति गर्नुस भै हाल्छ नि ? त्यसैले अब जनतालाई धेरै तनाबमा बाच्न बाध्य न बनाउनु होला l नत्र भने ईराक र सिरियाको राष्ट्रपति जस्तो हालत नेपालीले गर्ने छन् l

छोडी दिनुस अब फुस्रो राजनीति ,जनताहरुको मन जित्ने काममा खर्च गर्नुस l अब जनताले तपाईको खबरदारी गर्ने छन् l मैले भन्न खोजेको यति हो कि , नराम्रो कामले नाम र दाम भन्दा राम्रो कामले नाम कमाउनुस l

प्रतिक्रिया