राम्रो व्यवस्था भए जो सुकैका माग समावेश हुनुपर्छ: नेपाल
काठमाडौँ, ३० साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा राम्रो व्यवस्था भएमा जो सुकैका माग समावेश गरिनुपर्ने बताउनुभएको छ ।
मणिगाल निर्माण उपभोक्ता समिति, इस्टपोल उमावि, जागृति महिला समूह र स्तरीय महिला समूहको संयुक्त आयोजनामा आज जोरपाटी नारायणटारमा आयोजित इस्टपोल प्रतीक्षालय निर्माण एवम् मणिगाल उद्यान निर्माणको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–“संविधान निर्माणसँगै ७० वर्ष अघिदेखिको मुद्दा थान्को लागेपछि आर्थिक विकासका अभियानमा लाग्ने समय मिल्ने भएकाले अबको १५ दिनमा संविधानसभाले संविधान जारी गर्नुपर्छ, यो वा त्यो अतिवादले क्षति पुर्याउने भएकाले समन्वय र सन्तुलनका आधारमा संविधान जारी गरिनुपर्छ । ”
कर्णाली, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतले आन्दोलन गर्नु नपर्ने गरी एवम् विविधतालाई एकतामा बदली धर्मका सम्बन्धमा उठेका विषयलाई पनि सम्बोधन गर्ने गरी संविधान जारी गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सभासद् दीपकप्रसाद कुइँकेलले संविधान जारी भएको छ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने व्यवस्था मिलाइनुपर्ने बताउनुभयो । सभासद् रामेश्वर फुयाँलले संविधानमा लिङ्ग पहिचानपछि भ्रूण हत्या गर्न नपाइने व्यवस्था ल्याउन लागिएको जानकारी दिनुभयो ।
जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराल र इस्टपोल उमाविका संस्थापक ईश्वरीप्रसाद सापकोटालगायतले वाग्मती नदीलाई दीर्घकालीन रुपमा सफा राख्न उद्यान एवम् प्रतीक्षालयको भूमिका महत्वपूर्ण हुने औँल्याउनुभयो ।
सो अवसरमा नेता नेपालले वृक्षरोपण गरी उद्यान र शिलान्यासका साथ प्रतीक्षालय निर्माणको शुभारम्भ गर्नुभएको थियो । स्थानीय सङ्घसंस्था र व्यक्तित्वको सहयोगमा उद्यान एवम् प्रतीक्षालय निर्माण गर्न लागिएको हो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया