मंगलबार, असार ८ २०७८
काठमाडौं १०:५५
वासिङटन डिसी 01:10

संविधान भदौ १५ भित्र

इनेप्लिज २०७२ साउन ३० गते १०:४४ मा प्रकाशित

Rss_Images_1439619718732_RG-BKT- Mantri-Basnetभक्तपुर, ३० साउन । उद्योगमन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १५ गतेभित्र कुनै हालतमा जारी हुने जिकिर गर्नुभएको छ ।

दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उहाँले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको छ प्रदेश वैज्ञानिक भएको बताउनुभयो ।

“चार दलबीच भएको सहमतिमा जातीय राज्य नबनाउने, विखण्डन हुने गरी एक मधेस एक प्रदेश नबनाउने र सबैको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने गरी संविधान ल्याउन भएको सहमति अहिलेको ठूलो उपलब्धि हो” – नेकपा(एमाले)का नेता बस्नेतले भन्नुभयो ।

सो अवसरमा मन्त्री बस्नेतले आफ्नो कृति ‘म महेश’ को बिक्रीबाट आएको पहिलो रकम रु पाँच हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले आफूआबद्ध खेलकुद संस्थाको रु २५ हजार सोही विद्यालयका विद्यार्थीलाई इन्टरनेट सञ्चालन गर्नका लागि हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयभन्दा कम छैनन् भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदचरण राय, प्रअ बालकृष्ण श्रेष्ठ, बाल विकास समाजका कार्यक्रम संयोजक किरण थापालगायतले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार भए पनि विद्यार्थीले संस्थागत विद्यालय छाड्न थालेको गुनासो गर्नुभयो ।

सो अवसरमा ११० विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही रु एक हजारका दरको छात्रवृत्ति र सहयोगी निमा शेर्पाले उपलब्ध गराएको विद्यालय पोसाक वितरण गरिएको थियो ।

प्रतिक्रिया