रेडपाण्डा संरक्षणमा सहयोग पुर्‍याउन विद्यालयलाई सामग्री हस्तान्तरण

इनेप्लिज २०७२ साउन ३० गते २:३७ मा प्रकाशित

Red-panda_20150202104522इलाम, ३० साउन । रेडपाण्डा संरक्षणको चेतना वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले इलामका सात गाविसका विद्यालयलाई शैक्षिक तथा कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको छ ।

रेडपाण्डा नेटवर्क नेपाल काठमाडौँ र उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था इलामको साझेदारीमा पुवामझुवा, माईपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ र जोगमाई गाविसका विद्यालयलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

जैविक विविधता, वातावरण शिक्षा अध्ययन तथा अध्यापनका लागि उक्त सामग्री बाल्मिकी सिंहदेवी मावि, चन्द्रोदय निमावि, श्याम्वल मावि, प्रमोद मावि, प्याङ मावि र ज्ञानोदय माविलाई हस्तान्तरण गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिनुभयो ।

ती गाविसमा करिब ४० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया