मेरो अन्य चलचित्र बिलाए पनि तुलशी कालजयी बनोस : नायिका तथा निर्मात्री ऋचा घिमिरे
अमेरिकामा हरेक बर्ष ‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले आयोजना गर्ने फेस्टिबल अफ ग्लोबमा नेपाली चलचित्रका युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा निर्मात्री तथा नायिका ऋचा घिमिरेले अभिनय गरेको सामाजिक कथानक चलचित्र ‘तुलशी ‘क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा प्रदर्शन गरिएको छ l
उक्त चलचित्र नेपाली चलचित्रका नायिका केकी अधिकारी ,नन्दिता केसी ,निर्देशक शंकर घिमिरे ,स्वयम् ऋचा घिमिरे अन्य कलाकार तथा दर्शकको साथ संगै बसेर हेरेको घिमिरेले बताईन l नेपाली चलचित्रकि निर्मात्री तथा नायिका ऋचा घिमिरे झन्डै २ बर्ष अगाडी अमेरिकाका विभिन्न शहरमा तुलशी चलचित्र प्रदर्शनको लागि सपरिवार अमेरिका आएकी हुन् l
उनले क्यालिफोर्नियाबाट कुराकानी गर्दै आफ्नो चलचित्र तुलशी छनौटमा परेकोमा हर्ष व्यक्त गर्दै प्रदर्शन गर्ने समेत मौका पाईएकोमा यो भन्दा ठुलो कुरा के हुन् सक्छ भनिन l अहिले सम्म तुलशी चलचित्र नेपालमा देखाउन नसकेकोमा दुखेसो पोख्दै समय कसो नआउला भन्दै यस्ता ठुला कार्यक्रममा सहभागिता हुनु नै हामी उत्प्रेरित हुनु हो भनिन l
तुलशी चलचित्रको प्रथम प्रदर्शन (प्रिमिएर )भने बाल्टिमोरमा २०१३ को डिसेम्बरमा भब्यताको साथ शानदार प्रदर्शन भएको थियो l तुलशी चलचित्रलाई अवसर दिएकोमा फेस्टिबल अफ ग्लोब आयोजक ,समुह ,नेपाली चलचित्र हेर्ने दर्शक तथा माया गर्ने सबैलाई कृतज्ञता दिन चाहेको बताईन l
नायिका घिमिरेले यो चलचित्र आफुलाई पनि निकै जचेको र आफुले निकै मेहनत गरेकोले यो चलचित्र हृदयमा बसेको छ भनिन l यो चलचित्र हेर्ने सबैले राम्रो लागेको आफुलाई जानकारी दिएका छन् भन्दै मेरो अन्य चलचित्र बिलाए पनि तुलशी कालजयी बनोस भन्ने मेरो भित्रि चाहना रहेको बताइन l
गत अगस्ट ७ देखी १६ सम्म भै रहेको उक्त चलचित्र महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिदै छ l उक्त महोत्सव मा हलिउडका प्रख्यात कलाकार ज्याक्की चन, स्यारोन स्टोन तथा बलिउडबाट बिध्या बालन, रानी मूखर्जी, गायक सोनु निगम लगायतको उपस्थिती हुने महोत्सवमा सुनील थापाको पनि उपस्थिति रहेको थियो l
यसको साथै बिश्व भरका कलाकार, पत्रकार,चलचित्र निर्माता, निर्देशक, लेखकहरु उपस्थित भएका छन् l
तस्बिर सौजन्य :अनुज थापा
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया