शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:०२
वासिङटन डिसी 05:17

फिलिपिन्समा सेना र आतङ्ककारीबीच झडप

इनेप्लिज २०७२ साउन २९ गते १३:४० मा प्रकाशित

IMG_1187-225x300जाम्बोआन्गा (फिलिपिन्स), २९ साउन । फिलिपिन्सको दुर्गम दक्षिणी प्रान्त बसिलान प्रान्तमा शुक्रबार बिहान सरकारी सैनिक र अबु सयाफ आतङ्ककारी समूहबीच भएको एक झडपमा एक आतङ्ककारीको मृत्यु भएको समाचार छ ।

सो झडपमा अन्य दुई आतङ्ककारी घाइते भएका बताइएको छ । झडपको क्रममा एक सरकारी सैनिकसमेत घाइते भएको जनाइएको.छ ।

फिलिपिन्सको सैनिकले अबु सायफ आतङ्कारी विरुद्ध सुरुको गरेको भीषण कारबाहीको क्रममा सडक किनारमा आतङ्ककारीहरुले राखेका बमहरु पनि निस्तेज पारेको बताइएको छ ।

यस्तै सडक किनाराका बम विस्फोटमा परी गत अगस्तमा तीनजना सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया