सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:४५
वासिङटन डिसी 16:00

दारु पिएपछि फोन गरेर हैरान पार्छनः गगन थापा (मोबाइल अनुभव)

इनेप्लिज २०७२ साउन २९ गते १३:०१ मा प्रकाशित

IMG_1187-225x300एकाबिहानै तीनग्रुप भेट्न आइपुगेका थिए । उनीहरुको मिटिङ घरमै सक्काए । मैले उनका सहयोगीलाई सोधेँ, ‘सँधै यस्तै घुँइचो हुन्छ कि आजमात्र हो ?’ जवाफ दिए, ‘आज त कम हो ।’ मस्यौदा समितिको बैठकमा जाने समय भैसकेको थियो । तर, एकछिन पर्खिएँ । डेढ घण्टाको पर्खाइपछि बल्ल समय मिल्यो, काँग्रेसका युवा नेता तथा सभासद् गगन थापासँग साक्षात्कार गर्ने ।

उनको टेबुल अगाडि दुईवटा आइफोन थियो । एक अर्कामा खप्टिएका । एउटा मोवाइलमा घण्टी बज्यो । मोवाइल छुट्टिए । गगनले फोन उठाएनन् । फेरि अर्को बज्यो । त्यो पनि छाडिदिए । लगातार बजिरहे, गगन भने गफिइरहे ।

मैले बिहान ६ बजेदेखि बेलुकी १२ बजेसम्म मोबाइल खुला राखेँ भने मेरो काम नै फोन उठाउने मात्र हुन्छ । फोन एकदमै कम उठाउँछु । प्रत्येक मिनेटमा फोन आइरहेको हुन्छ ।

मैले दुईवटा नम्बर प्रयोग गर्ने गर्छु । एउटा नम्बर मेरो सहयोगीसँग हुन्छ । उसैले अवश्यकताअनुसार कुरा गर्न भन्छ ।

अस्तीमात्र मेरो मोवाइलमा एक जना केटी साथीको एसएम आएको थियो । तपाईँको भाषण निकै मनपर्‍यो भन्दै धेरै कुरा लेख्नुभएको थियो । फोन पनि गर्नुभयो । तर, उठाइन । पछि अर्को म्यासेज गर्नुभयो, ‘प्लीज तपाईँलाई भेट्न र सँगै बसेर कुरा गर्न चाहन्छु ।’ तर, मैले रेसपोन्स गरिन ।

बिहान आठ बजेभन्दा अगाडि फोन खोल्दिन । संविधान लगायतको विषयमा कुरा गर्न फोन प्रयोग गर्दैनन् । त्यसको लागि अन्य विकल्प प्रयोग गर्छन् । कसैले भेटेर सरसल्लाह गर्छन्, कोहीले फेसबुक प्रयोग गर्छन् ।

टेलिफोनको बिल मासिक ४० हजार

म राजनीतिमा लाग्नेबेलासम्ममा टेक्नोलोजीको धेरै विकास भैसकेको थियो । जतिबेला पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध विद्यार्थी आन्दोलन, राजतन्त्रविरुद्ध आन्दोलन भएको थियो । त्यतिबेला निकै धेरै मोवाइलको प्रयोग गरियो । यतिधेरै कि टेलिकमको सबैभन्दा बढी बिल तिर्ने मध्ये म पनि पर्दथेँ । ०६२–६३ को आन्दोलनको जग थियो, त्यो आन्दोलन ।

gagan-thapa2

प्रहरीको क्रुर दमन थियो । साथीहले त्यो गल्लीबाट प्रहरी आयो भन्दै फोन गर्नुहुन्थ्यो । अनि हामी अर्को गल्लीतिर लाग्थ्यौँ । यस्तै यस्तै काममा मोवाइलको प्रयोग हुन्थ्यो । भर्खर मोवाइल आएकाले फोन उठाएको पनि चार्ज लाग्थ्यो । दिनमै हजार भन्दा बढी बिल चढ्ने । मासिक चालिस हजारभन्दा बढी बिल तिर्थेँ ।

गोजीमा पैसा हुन्थेन । जसलाई भेट्यो, उसैलाई पैसा माग्थ्यौँ । कसैलाई एकसय, कसैलाई दुईसय कसैलाई पाँचसय, हजार रुपैयाँ माग्दै हिड्थ्यौँ । अनि टेलिकमको बिल तिथ्र्यौँ ।

जब ज्ञानेन्द्रले माग १९ पछि सबै फोन सेवा बन्द गरिदिए । अनि महसुस भयो, ‘हामी कति धेरै मोबाइलमा आधारित भएछौँ भन्ने ।’ हेल्पलेस जस्तो भइयो । साथीहरुको घर पनि चिनेका थिएनौँ । पलपलमा समस्या आयो ।

रङ नम्बर

एक जनाले फोन गर्‍यो । उठाउन नपाउँदै कराउन सुरु गरिहाल्यो, ‘तैले मान्छे लगेर बाहिर छोडिदिइस् । मेरो पैसा फिर्ता गर । नत्र तँलाई ठिक पार्छु ।’ मैले भने, ‘तपाईँले फोन गरेको मान्छे म होइन, गलत ठाउँमा फोन गर्नुभयो ।’ उसले फेरि फोन गर्‍यो, ‘साले पैसा खाएर भाग्छस् ।’ धेरै गाली दियो । मैले भने, ‘म गगन थापा हुँ । तपाईँले गलत ठाउँमा फोन गर्नुभयो ।’ तर, उसले कुरै नसुन्ने । उल्टै गगन थापाको नाटक गर्छस् भन्ने । १६, १७ दिनसम्म फोन गरेर हैरान पार्‍यो ।

एक जना पार्टी भित्रकै साथी हुनुहुन्छ । उहाँको काम भनेको, काम छ भेटौँ भन्ने अनि पैसा माग्ने । अति भएपछि उहाँको फोन उठाउन छोडिदिएँ । कहिलेकाँही अरु नम्बरबाट फोन गर्नुहुन्छ र फसाइ हाल्नुहुन्छ ।

एकजनाले म शाहरुखको साथी हो भन्दै फोन गर्नुभयो । पछि उहाँको मानसिक सन्तुलन ठीक छैन कि जस्तो जस्तो लाग्यो । धनकुटा, तेह्रथुम, ताप्लेजुङ छु भन्दै जहिले फोन गर्ने । अनि म शाहरुखको साथी हुँ भन्दै फन्टुस कुरा गर्ने । अहिले नाम नै शाहरुख खान भनेर सेभ गरेको छु । त्यो फोन उठाउँदिन । केही संकेत गरेर सेभ गरेका नम्बर छन्ु, जुन उठाउँदिन ।

दारु पिएकाले फोन गरेर हैरान

बेलुकी ६, ७ बजेपछि फोन आउँछ । अधिकांश जिल्लाबाहिरका साथहिरुले फोन गर्छन । बसेर खानपिन गर्दै रमाइलो गरिरहेका हुन्छन् । अनि, मेरो प्रसंग आउनासाथ एक जनाले फोन गरिहाल्छ । उठायो, पालै पालो मोबाइल पास गरेर हैरान । आफू कुन मुडमा भएको हुन्छ । बोलेन भने रिसाउँछन् । यस्ता फोनको धेरैपटक सामना गर्नुपरेको छ ।

जब मन पराएकी केटीलाई फोन गरेँ

कक्षामा एक जना केटी साथी हुनुहुन्थ्यो । उहाँको नम्बर बल्लतल्ल पत्ता लगाएँ । अनि साथीहरु जम्मा भएर फोन गर्‍यौँ । फोनमा केही बोल्ने थिएनौँ । खाली ‘फु..’ मात्र गथ्यौँ । फोन गर्‍यो अनि ‘फु..’ गर्‍यो । २ सय ७८ कल फोन गरेछौँ । कहिले उसको दाईले, कहिले आमाले, कहिले बाबाले फोन उठाउँथे । अनि गाली गर्न सुरु गर्थे । हामी भने ‘फु..’ मात्र गर्ने अनि, मरिमरि हाँस्ने ।

त्यही महिना हाम्रो घरमा टेलिफोनको बिल सबैभन्दा बढी आएछ । बुवाले कसले फोन गर्‍यो भन्दै हामी चार भाईलाई गाली गर्न थाल्नुभयो । म भने चुप लागेर बसेँ ।

जतिखेर मोबाइल फोनको विकास भएको थियो, त्यतिबेला म क्याम्पसको सभापति भैसकेको थिएँ । केटीहरुसँग फोनमा रमाउने बेला मेरो अर्कै चरण सुरु भैसकेको थियो । २० वर्षदेखिनै ‘होलटाइमर’ राजनीतिक जीवनमा लागेँ । त्यसैले आम युवाहरुले पार गर्ने चरण मिस गरेँ ।

सार्वजनिक ठाउँमै गाली

फोन नउठाउँदा एकदमै धेरै गाली खाएको छु । नब्बर दिने तर फोन नउठाउने भनेर कतिले गाली गर्छन, गनिसाध्य छैन । त्यसमा मेरो बाध्यता हुन्छ । कतिले सार्वजनिक ठाउँमै पनि गाली गर्नुभएको छ ।

म्यासेजमा पिरती

अस्तीमात्र मेरो मोवाइलमा एक जना केटी साथीको एसएम आएको थियो । तपाईँको भाषण निकै मनपर्‍यो भन्दै धेरै कुरा लेख्नुभएको थियो । फोन पनि गर्नुभयो । तर, उठाइन । पछि अर्को म्यासेज गर्नुभयो, ‘प्लीज तपाईँलाई भेट्न र सँगै बसेर कुरा गर्न चाहन्छु ।’ तर, मैले रेसपोन्स गरिन ।

कहिलेकाँही कुनै कार्यक्रममा गएर आएपछि यस्ता फोन म्यासेजहरु आइरहन्छन् । तर, उनीहरुलाई समय दिने मेरो फुर्सद हुँदैन ।

फोनभन्दा एसएमएस सहज

एसएमएस मलार्ई सबैभन्दा सहज लाग्छ । मैले फोन निकै कम प्रयोग गर्छु । कतिपय कुराहरु फोनबाटै टुंग्याउन सकिन्छ । फोन गर्छ अनि फेरि भेटौँ भन्छन् । दुबैको समय बर्वाद भएन ? कतिपय कुराहरु एसएमएसबाटै गर्न सकिन्छ । बोल्नै पर्दैन । हामी त्यति पनि गर्दैनौँ ।

…..

१३ मिनेट दैनिक नेपालसँगको बसाईपछि सहयोगीले गगनलाई फोन दिए । केहीछिन् कुरा गरे । अनि मस्यौदा समितिको बैठकतिर हानिए ।

प्रस्तुतिः विश्वास खड्काथोकी / दैनिक नेपाल

प्रतिक्रिया