सुनिल थापालाई दिइने सम्मान कार्यक्रमलाई आकर्षक बनाउंदै हलिउडमा नेपाली कलाकारहरु
न्युयोर्क,
नेपाली चलचित्र अभिनेता सुनिल थापालाई अमेरिकाको सान फ्रान्सिसको शहरमा लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइदैं छ र उक्त समारोहलाई अविस्मरणिय बनाउनका लागि नेपाली कलाकारहरुले पनि आकर्षक प्रस्तुतिको तयारी गर्दैछन् ।
अगस्ट ७ देखि १६ सम्म जारी फेस्टिभलको आकर्षण ‘फेस्टिभल अफ ग्लोब’ अवार्डमा बलिउड चलचित्र ‘मेरी कोम’मा नायिका प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको भुमिका निभाएर आफ्नो अद्धतिय अभिनय क्षमतालाई प्रस्तुत गरेका सुनिल थापालाई उनको चलचित्र क्षेत्रको योगदानलाई कदर गर्दै लाइफटाइम अचिभमेन्ट अवार्ड दिन लागिएको हो । शनिबार दिइने अवार्ड समारोहलाई रोचक बनाउनका लागि नेपाली कलाकारहरुले पनि आकर्षक प्रस्तुति देखाउंदै छन् ।
करिब ७ मिनेट लामो प्रस्तुतिलाई कलाकार शंकर बिसीले कोरियोग्राफी गरिरहेका छन् । कलाकार शंकर बीसीका अनुसार उक्त समारोहमा जहां छन् बुद्धका आंखा, कलाकार सुनिल थापाको करियरको उत्कृष्ट नेपाली चलचित्र चिनोको ‘मोहनी लाग्ला है’ भन्ने गीत र माइतीघरको गीत र रेसम फिरिरीको धुनलाई फ्युजन गरेर नायिकाहरु नन्दिता केसी र केकी अधिकारीले प्रस्तुति दिदैछन् । नायिकाद्धय केसी र अधिकारीले विदेश भुमिमा पनि यसरी आफ्नो देशका कलाकारलाई सम्मान गरिंदा आफु पनि संलग्न हुन पाएकोमा खुशी व्यक्त गरे । “म निकै नै खुशी छु किनभने आफ्नो देशको कलाकारलाई विदेशी भुमिमा यति ठुलो सम्मान दिइदैछ र यस सम्मान कार्यक्रममा आफ्नो पनि सानो भुमिका रहंदा मन फुरुङं भएको छ ,” केकीले भनिन् ।
उता अवार्ड पाउन लागेका कलाकार थापाले यसरी अन्तराष्ट्रिय मञ्चमा आफु सम्मानित हुन पाउंदा निकै नै खुशी महशुश भएको बताएका छन् । उनले आफ्नो फिल्मी अन्दाजमा भने –“राते काइंलेलाई धेरै नै खुशी लागेको छ । ”
२१ वर्ष लामो इतिहास रहेको यस फिल्मी महोत्सवमा पहिलो पटक नेपाली फिल्म समावेश गराउन प्रमुख भुमिका निभाएका यस फेस्टिभलका ग्लोबल लिडर प्रकाश थापाले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय मञ्चमा पु¥याउन फेस्टिभले भुमिका निभाउनेमा आशावादी रहेको बताए ।
फेस्टिभलमा ५ नेपाली फिल्महरु समावेश छन् । जस कुमार राईको स्याक्रिफाइस नेभर डाइज, जोयस पाण्डेको सांघुरो, नरेश देव पन्तको टाटा बाई–बाइ, शंकर घिमिरेको तुलसी र फुलमान वलको सेलफोन चलचित्र महोत्सवमा प्रदर्शन भएका थिए ।
त्यस्तै, कलाकार सुनिल थापासंगै हलिउड कलकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड संगितकार–गायक बप्पी लहरी, भियतनामी नायिका किउ चिनलाई पनि सम्मानित गरिदैंछ ।
फोटो, न्युज अनुज थापा
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया