लन्डन२९ साउन । लन्डनको आफ्नै फुलबारी मानिने केन्टवरी सहरको कम्युनिटीहलमा संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले बार्षिक भेटघाट तथा चिनजान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेका छन् ।
दोश्रो गोर्खा बटालियनमा आवद्ध संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले बार्षिक रुपमा बर्षगाठ मनाउदै आएको जानकारी समुहका वारेन्ट अफिसर नेत्र राईले जानकारी गराए ।
नेपाली भेषभुषामा सज्जित सहभागीको ताँती हेर्दा र सखवासभाको ठेट संगित सुनिरहदा आफ्नै गाउँघरमा पुगेको संखुवासभा निवासी साजन्ट योगेन्द्र राईले बताए । कार्यक्रम कस्तो मान्नु भयो भन्ने प्रश्नमा सचिन थापाले साप्ताहिक पत्रिका जनताको आवाजलाई बताए संखवासभा जिल्ला समाज युकेले हरेक बर्ष आयोजना गर्ने यो विशिष्ट जमघटले बेलायती नेपालीहरु माँझ चर्चा बटुल्ने , गाँउघरको याद मेटाउन सकिने र गाँउघरको सम सामयिक घटनाहरु गाउँलेहरु माँझ राख्ने अवशरहरु अभिव्यक्ती दिएका थिए ।
कार्यक्रमको प्रारम्भमा स्वास्थ तथा सुरक्षाको जानकारी कार्यक्रम संयोजक वारेन्ट अफिसर छत्रमान लिङथेपले गराएका थिए । कार्यक्रमका संन्चालक मदन जिमीले स्वागत मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई औपचारिकरुपमा थालनी गरे लगतै ज्वाइचेलाहरुलाई विशेष अथितिजनहरुको आगमनले भेटघाट कार्यकम गरिमामय भएको उल्लेख गदै सम्पूर्ण उपस्थित जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए ।
कार्यक्रममा उपस्थित संखवासभाका कार्यरत सैनिकहरु पदोन्नती हुनु भएकोमा समुहकै अगुवा वारेन्ट अफिसर छत्रमान लिङथेपले शुभकामना दिदै उनले भने जिल्लाको दुर्गम गाउँबाट बेलायत प्रवेश गरेका विभिन्न जाती, वर्ग र धर्ममा आस्था राख्ने सम्पुर्ण जिल्लाबासीहरुको एकमात्र साँझा आँगानको रुपमा विकसित भएको सामाजिक संस्थाले हरेक बर्ष बार्षिक कार्यकम गरिरहदा ज्यादै खुशी भएको अभिव्यक्ती राखेका थिए । आफु गोर्खाली हुनुमा गर्व गदै उनले भने हाम्रो राष्ट्रले ठुलो अपेक्षा राखेको छ । हामी वीर गोर्खालीहरुको विरासतलाई थाम्न हामी सधै आ–आफ्नो इमान्दारीता पूर्वक निष्ठावान रुपमा अगाडी लागियो भने कहिले पछाडी फर्किएर संझनु पर्ने अवस्था नआउने जिकिर गरे ।
संन्चालक मदन जिमीले सदा झै हरेक वर्ष गाँउको संम्झना आउने एकदमै मनोरन्जनात्मक प्रतियोगिता “म पनि जाने सखावासभा तोङबा र माछा खान” उपस्थित माँझ प्रतिस्पर्धा गराएका थिए । उक्त प्रतियोगिता अत्यन्तै चाखलान्दो र मनोरन्जनात्मक रहेको जिल्लाबासीहरुले अभिव्यक्त गरेका थिए । कार्यकमको अन्त्यमा प्रथम,दोश्रो र तेस्रो विजयी प्रतियोगिहरुलाई गाउकै याद आउने कोदोको तोङबा र सभा खोलाको असला माछा खानाको लागि जिल्ला पुग्ने पुरस्कार वितरण गरेको जानकारी कार्यक्रमका बेवास्थापन साजन्ट धन गुरुङले बताए ।
प्रतिक्रिया