आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:३२
वासिङटन डिसी 12:47

भारतमा म्यागीमाथिको प्रतिबन्ध फुकुवा

इनेप्लिज २०७२ साउन २८ गते १४:३२ मा प्रकाशित

magiमुम्बई, २८ साउन । भारतको एक चर्चित चाउचाउ म्यागीमाथि सरकारले लगाएको प्रतिबन्धलाई अदालतले उल्टाइदिएको समाचार छ ।

भारतीय बहुचर्चित कम्पनी नेस्ट्लेको उत्पादन म्यागी चाउचाउमा अखाद्य वस्तु मिसिएको भन्दै सरकारले गत महिनादेखि उक्त चाउचाउ उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारको सो निर्णयका विरुद्ध उक्त कम्पनी अदालत गएको थियो । सोही मुद्दाको फैसला गर्दै बिहीबार अदालतले उक्त चाउचाउ उत्पादन माथिको प्रतिबन्ध हटाएको थियो ।

साथै अदालतले तर सो स्वादको उत्पादनमा भने विचार पु¥याउन निर्देशन दिएको छ । गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्न पनि सोही फैसलामार्फत निर्देशन दिएको छ ।

खाद्य पदार्थको उत्पादनमा निकै सावधानी अपनाउने गरेको सो स्वीस् कम्पनीले यसअघि पनि आफ्ना खाद्य उत्पादनहरुको गुणस्तरमा कुनै पनि किसिमको कमी नहुने गरेको बताउँदै आएको थियो ।

साथै सो फैसलामा भारत सरकारको खाद्य पदार्थ गुण नियन्त्रण विभागले गरेको उक्त चाउचाउ माथिको प्रतिबन्धलाई स्वेच्छाचारी भनी टिप्पणी पनि गरेको छ ।

उक्त अदालतले सो चाउचाउका विभिन्न पाँचवटा नमुना उत्पादनलाई परीक्षणका रुपमा ल्याबमा राखेको थियो ।

खाद्य प्रविधि गुण नियन्त्रण निकायको विशेष ल्याबबाट आएको रिपोर्टका आधारमा अदालतले सो उत्पादनमा कुनै अखाद्य वस्तु नभेटिएको जनाएको हो ।

भारतको मुम्बइमा रहेको उच्च अदालतले बिहीबार सो फैसला सुनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया