शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

आध्यात्मिक सत्य ( SPIRITUAL REALITY)

इनेप्लिज २०७२ साउन २८ गते १०:५० मा प्रकाशित

rajesh

संसारका सबै प्राणिहरु सुख र समृद्धि चाहान्छन। कारण तिनै कुराहरु हाम्रो जिवनमा हुदैनन। समय समयमा हामि सबै उत्तेजना, चिडचिडापन, व्याकुलता, असमझदारी जस्ता दु:ख अनुभव गर्छौ र ति अनुभवहरु आफुमा मात्र सिमित नराखी प्रतिक्रिया स्वरुप आफ्नो वातावरणमा फैलाउछौ। जसरी पानि जमिन मुनि सोसिदै जान्छ ठिक त्यसैगरी आफ्ना दु:खहरु पनि वातावरणमा सोसिदै जान्छन। जसले गर्दा आफु त दुखी भइयो नै अझ आफ्नो वातावरणलाइ दुखी तुल्याउन पुग्दछौ।

प्रत्येक मानिस आफु पनि शान्तिसंग बाच्न चाहान्छ र अरु सगं पनि शान्ति कायम राख्न चाहान्छ तर सकिरहेको हुदैन। त्यसको कारण के हो भने आफु अनुकुल कसैको व्यवहार प्रस्तुत नहुनु साथै आफुलाइ अनुकुल हुने वातावरण सृजना नहुनु। जव यी र यस्ता अवस्थाहरु आउछन तब मानिस व्याकुल भइरहन्छ। संसारमा बढि भन्दा बढि नचाहेका कुराहरु हुन्छन चाहेका कुराहरु कम हुन्छन। जब जब नचाहेका कुराहरु हुन्छन तब तब मानिस तनावमा आउदछ। चाहेका कुराहरु प्राप्त हुदैनन झन तनाव थपिन्छ र तनावमा रहने संस्कारको बिकाश हुन्छ। भनिन्छ ” you do not get what you like, you like what you get”। सधै चाहेजस्तो भनेजस्तो नभएपछि शरिरमा साथै मनमा गाठाहरु( gordian knots) बन्दै जान्छ। भनेको चाहेको कुराहरु पुग्दैनन अनि ति गाठाहरु क्रमश: कसिला र बोझिला बन्दै जान्छन र मानिसको मन र शरिर भारी हुदै जान्छ।

ती गाठाहरु चाहेर बनेका हुदैनन अचेतन मनका विकारहरुले स्वत बनाइरहेको हुन्छ। हाम्रो मुल लक्ष्य कसरी पुराना गाठाहरु फुकाउने र नया गाठाहरु बन्न नदिने नै हो। जब पुराना गाठाहरु फुक्दै जान्छन र नया गाठा सृजना हुने संस्कारको अन्त्य हुन्छ तब शरीर साथै मन शुद्ध हुन्छ र शुद्ध मन सधै निश्चल हुन्छ र बर्तमानमा रहन्छ। पिडा त तब हुन्छ जब हामी भुत या भविष्यको बारेमा आफ्ना धारणाहरु बनाउदछौ। भुतकालका धटनाहरु सच्याउन र दोहोर्याउन सकिदैन तर पनी हामी त्यसको संझना गर्छौ। यदि त्यो हामिलाइ प्रिय थियो भने त्यहि रुप,रंग र स्बादमा भइरहोस भनि राग जन्माउदछौ र यदि अप्रिय थियो भने त्यो नहोस भनी द्वेष जन्माउछौ तर हामिले चाहेजस्तो फेरी हुन्छ हुदैन र हामी राग र द्वेष जन्माइरहन्छौ। त्यसैगरी भविष्यमा पनि आफुले चाहेजस्तो भइदिओस भनी कल्पना गर्छौ र राग जन्माउदछौ, नचाहे जस्तो नहोस भनी रहन्छौ तर जे हुनेहो त्यही हुन्छ। अनी हामि राग र द्वेषको संस्कार जन्माइरहन्छौ।

प्रतिक्रया स्वरुप रहेका राग द्वेषका संस्कारहरु हाम्रो अचेतन मन( Unconscious mind) मा रहेका हुन्छन। ती प्रतिक्रियाहरु चाहे रागका हुन चाहे द्वेषकाहुन ती अचेतन मनमा थिग्रिरहन्छन। तर मनको चाहना सधै शुद्ध रहने हुन्छ तर ती प्रतिक्रियाहरुले उसलाइ शुद्ध हुन दिदैनन। पुराना थिग्रिएका प्रतिक्रियाहरुले छोडेका अवशेषहरु उठेर हराउन चाहान्छन, जसरी समुन्द्रमा फोकाहरु त्यही हराउदछन। यदि त्यो समुन्द्रलाइ शान्त राख्न सक्ने हो भने फोकाहरु उठदैनन तब हामी शान्त तलाउ जस्तो पाउछौ। त्यसैगरी जब जब हामी नया नया प्रतिक्रियाहरु जन्मन दिदैनौ र पुरानाहरु हटदै जान्छन तब तब मन शुद्ध हुदै जान्छ।

चेतन मन( conscious mind) ले सधै हामिले अर्हाएको गर्छ र सधै बाहिरी संसारको सम्पर्कमा रहन्छ तर अचेतन मनमा ( unconscious mind) रहने सबै कुराहरु बाहिरी संसारको सम्पर्कबाट उब्जेको राग द्वेषबाट जन्मेका हुन्छन र ती बाहिरी संसारबाट अलग अर्थात इन्द्रियहरु कुनै बिषय बासनामा नभएको अवस्थामा पनि मन र शरिरमा जोडिएर रहिरहन्छन र ती अवशेषरुपी प्रतिक्रियाहरुले शरिरमा सधै संबेदना ( sensations) हरु पैदा गरिरहन्छन र ति संबेदनाहरु आफुलाइ मन पर्ने र मन नपर्ने जे पनि हुन सक्दछनर हामि जुनसुकै भएपनि जब जब संबेदनालाइ प्रतिक्रया गर्दछौ फेरी त्यो प्रतिक्रिया(Reaction) ले अचेतन मनमा नै राग द्वेषको संस्कारको जरो गाडीरहन्छ। ति प्रतिक्रियाहरु तिन प्रकारले व्यक्त हुन्छन। १. भौतिक (Physical) २. मौखिक (Verbal) ३. मानसिक (Mental) । यदि फेरी ति प्रतिक्रयाहरु भौतिक र मौखिक रुपमा व्यक्त भए भने बाहिरी संसारसंग सम्पर्क बनाइ रहन्छन र अझ प्रतिक्रियाहरुमा मलजल पुग्छ। यदि ति प्रतिक्रियाहरु मानसिक रुपमा व्यक्त भए भने बाहिरी संसारको संम्पर्कमा रहदैनन र केही क्षणमानै प्रतिक्रियाका संवेदनाहरु हराएर जान्छन।

त्यसैले हाम्रो लक्ष्य हाम्रा प्रतिक्रियाहरु पानिमा कोरेको रेखाजस्तो हुनु पर्छ जुन क्षणभरमा नै हराउदछ तर हामी बालुवामा कोरेको रेखाजस्तो बनाउदछौ जुन केहि समय रहन्छ र हामिलाइ व्याकुल वनाउदछ। अझ ति प्रतिक्रयारुपि रेखाहरुलाइ कोरिरह्यौ अर्थात प्रतिक्रिया गरिरह्यौ भने ढुगांमा खोपेको जस्तो भएर रहन्छ र त्यो प्रतिक्रियाले उत्पत्ति गरेको संबेदना जुन सधै अचेतन मनमा रहेको हुन्छ, त्यसले हामिलाइ निर्देशित गर्छ र हामी सधै भुत या भविष्यमा नै रहन्छौ। अनि व्याकुल भइरहन्छौ।

२५०० बर्ष अघि एकजना बैज्ञानिकको जन्म भयो जसले कुनै पनि उपकरणहरुको सहायता नलिइ आफ्नो शरिरलाइ नै साधन र साध्यको रुपमा प्योग गरेर अन्तरमनको गहिराइमा उठने संबेदनाहरु जुन सुक्ष्म हुन्छन तिनिहरुलाइ सजग र स्थितप्रज्ञ (Awareness and equanimity) मा रहेर अनुभव गर्दै जादा संबेदनाहरु हराउदै जाने र नया बन्न नदिने बातावरण अर्थात इन्द्रियहरुको आशक्ति घटाउदै जादा मन शुद्ध भएर रहने र अन्त्यमा जब जब शुद्ध मनको अवस्थामा मृत्यु हुन्छ तब तब नया जन्म पनि लिन नपर्ने तर मृत्युको बखतमा अन्तरमनको गहिराइमा रहेको प्रतिक्रियाहरुले फेरी जन्म गराउने र सधै जन्म मृत्युको चक्रमा रहने बिषयमा उनले अन्बेषण गरे। उनले दु:खका कारणहरु थाहा पाए। उनले आफ्नै चोला फेरिदै जन्म मृत्यु भएको थाहा पाए। त्यो सबैको कारण एउटै थियो त्यो हो अतृप्त मन, जसको कारणले फेरि जन्म र मृत्यु भयो। तर जुन बखत उनले दु:खको कारण थाहा पाए त्यसपछि फेरि जन्म लिन नपर्ने गरि तथागत (Enlightened) भए। हामी पनि अज्ञानताका कारणले प्रतिक्रिया गरिरहन्छौ, अन्तरमनमा ढुगांमा लेखेको जस्तो छाप छोडिरहन्छौ र जन्म मृत्युको चक्रमा रहन्छौ।

ति २५०० बर्ष अघि जन्मेका बैज्ञानिकले हाम्रो शरिर शुक्ष्म अणुहरुले बनेको छ र ति अणुहरु सधै vibration मै रहन्छन र प्रतिपल अर्बौ पटक उठने र हराउने गरिरहन्छन भनी पत्ता लगाए जुन कुरा नोबेल पुरस्कार बिजेता अमेरिकी बैज्ञानिकले ( Donald A. Glaser, Nobel Prize,1952) Bubble chamber मा उपकरणहरुको प्रयोग गरेर ति अणुहरु एक सेकेण्डमा १ को पछाडि २२ वटा सुन्य गणना गर्दा जति हुन्छ त्यति पटक उठने र हराउने गर्दछ भनी पत्ता लगाए। तर ति अमेरिकी बैज्ञानिकको अन्वेषण केवल बुद्धिबिलास अर्थात Intellectual wisdom अर्थात चिन्तनमय ज्ञानमा सिमित रह्यो। उनका पिडाहरु, व्याकुलताहरु हराएनन। उनी आफु चाहि दु:खमा नै रहे तर ति २५०० बर्ष अघिका बैज्ञानिकले आफ्नो शरिर भित्र अन्तरमनको गहिराइमा पुगेर अनुभव गरेर तथागत भए।

हामि भित्र उब्जने राग द्वेषका संबेदनाहरु रिस, इर्ष्या, दुर्भावना, धृणा, लोभ, काम, माया आादिका रुपम बाहिर प्रकट हुन्छन जुन संसारका सबै प्राणीहरुमा समान हुन्छ अर्थात कुनै धर्म, जाती, भुगोल आदी बिशेषका रिस, इर्ष्या, दुर्भावना, धृणा, लोभ, काम, क्रोध आदी फरक हुदैनन र ती सबै सार्वजनिन ( Universal) हुन। यदि पिडाहरु सार्वजनिन हुन भने यसको उपचार पनि सार्वजनिन नै हुन्छ। ” if malady is universal then it is natural the remedy is also universal”. ।

हामि सबै जन्मदा आध्यात्मिक (Spiritual) जन्म्यौ तर पछि आ- आफ्नो परिवेश अनुसार धर्म, जाति, भुगोल, राज्य विशेष आदिका आधारमा हामि धार्मिक बन्यौ र सार्बजनिन दु:ख पिडाबाट उन्मुक्ति सार्वजनिन रुपमा नखोजेर कुनै न कुनै आड भरोसामा खोज्न पुग्छौ र सधै व्याकुल भइरहन्छौ। धम्मम: शरणम गच्छामि अर्थात प्रकृतिको नियम ( law of nature) मा रह्यौ भने प्रकृतिले आफै रक्षा गर्छ। “Take refuge in dhamma, dhamma will take care of you”.।यहि आध्यात्मिक सत्य २५०० बर्ष अघिका बैज्ञानीक जन्मनु भन्दा अघि पनि थियो अहिले पनि छ र पछि पनि रहन्छ। जसरी न्युटन जन्मनु भन्दा अघि पनि स्याउ खस्थ्यो न्युटन जन्मेपछि पनि स्याउ खस्यो। ग्यालिलियो जन्मनु भन्दा अघि पनि पृथ्वी गोलो थियो उनलाइ फासि दिएपछि पनि गोलो नै रह्यो। मात्र उनीहरुले सत्य पत्ता लगाए। बुद्धले पनि सत्य पत्ता लगाए र सत्यको ज्ञान बाडे। जसरी कालो या गोरो गाइको दुध एकै हुन्छ।

तिनै महापुरुष जसले २९ बर्षको उमेरमा घर ब्यवहार, राजपाट त्यागेर ३५ बर्षको उमेरमा राग द्वेषको चक्र नै जन्म मृत्युको कारण रहेछ भन्ने अनुभव गरेर मोक्ष भए। ४५ बर्षसम्म जुन ज्ञान दिए त्यो नै विपश्यना ध्यान विधि हो। यो विधि कुनै धर्म विशेष, समुदाय विशेष, जाति विशेष, लिगं, भुगोलसगँ सम्बद्ध नभइ विशुद्ध इन्द्रियहरुबाट सिर्जित सुक्ष्म संबेदना ( Subtle sensations) हरुलाइ आफ्नो मन र शरिर प्रति सधै सजग (Awareness) एवं स्थितप्रज्ञा ( Equanimity) रहदै अन्तरमनको गहिराइमा अनुभव गर्नु हो। जति कडा मेहनत, लगन र परिश्रमका साथ यो विधिको अभ्यास गर्दछौ त्यति बढि लाभ लिन सक्दछौ अर्थात अन्तरमनमा पुग्दछौ नत्र स्थुल संवेदना ( Gross sensations) मा रुमलिरहन्छौ र फेरि प्रतिक्रिया जनाइरहन्छौ र राग द्वेषमा नै रहन्छौ। जति जति गहिरो राग हुन्छ, त्यति नै गहिरो द्वेष हुन्छ। जति गहिरो द्वेष हुन्छ, त्यति नै गहिरो क्लेश (दाग) हुन्छ। Deeper the craving,deeper the aversion. Deeper the aversion, deeper the affliction.।

रागले स्थुल रुपमा सुख दिएको हुन्छ र आनन्दको भ्रममा पर्दछौ। द्वेषले स्थुल रुपमा पिडा दिएको हुन्छ र दु:खको भ्रममा पर्दछौ तर सुक्ष्म रुपमा दुवैले व्याकुलता पैदा गर्दछन, अचेतन मनमा। जुन सुसुप्त ज्वालामुखि (Dormant Volcanoes) भएर रहन्छ र कुनै पनि समय विस्फोट हुन सक्दछ, थाहै नपाएर। जसरी समुद्रको गहिराइमा हुने under current लाइ नियमित मापन गर्न सकिन्छ र त्यसको क्षति न्युन गर्न बेलैमा उपायहरु अपनाउन सकिन्छ, त्सैगरी अन्तरमनको गहिराइमा हुने under current रुपि व्याकुलताहरुको अस्थाइ प्रकृति ( Impermanence Nature) लाइ प्रतिक्रिया नगरी अनुभव गर्दै जादा क्रमश: राग र द्वेषका रुपमा रहेका संस्कारहरु हराएर जान्छन।

प्रतिक्रिया