नायिका नन्दिता केसी र केकी अधिकारीले पाँचौं मिस नेपाल युएसमा धमाकेदार प्रस्तुति दिने
आगामी अगस्त २२ तारिख विश्व कै सम्राट राज्य न्युयोर्कमा हुन् गै रहेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी ) प्रतियोगितामा नेपालका चर्चित द्वय नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रतक्ष्य धमाकाधार प्रस्तुति दिने भएका छन् l
दुवै नायिका केहि समय अगाडी अमेरिकाको क्यालिफोर्नियामा आई पुगेको जानकारी दिदै पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने जानकारी स्थापना काल देखि नै क्रियाशील रही आएका तथा आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले बताए l
श्रेष्ठले थप जानकारी दिदै नायिका नन्दिता केसी तथा केकी अधिकारी प्रतिभाशाली कलाकार हुन् भन्दै यस्तो शुभ अवसरमा विदेशमा रहेका नेपालीहरुले वहाहरुको कलाको प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रतक्ष्य प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको बताए l
यस पटकको पाँचौ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताले बिशेष हुने बताउदै भव्यताको साथ सम्पन्न गर्न आयोजक समुह आयोजक अहोरात्र खटिई रहेको बताए l
पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिवुडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडी नै अमेरिका आई सकेका छन् भने बलिवुडकि चर्चित नायिका मनिषा कोइरालाको पनि सहभागिता हुने आयोजकले जनाएका छन् l
यसपाली कार्यक्रम बाट संकलित रकमले नेपालीको पुनर्निर्माणमा जाने भएकोले अझ हामी नेपाली समुदायसंग ज्यादा अपेक्षा गर्दछौ र सहभागी हुन् आब्हान आयोजकको तर्फबाट श्रेष्ठले गरेका छन् l
नन्दिता केसी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् भने अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलको चल्तीकि नायिका मध्येकी एक हुन् ।बुटवलबाट नृत्य प्रशिक्षण लिई बुटवलबाटै चलचित्र क्षेत्रमा होमिएकी अभिनेत्री केसी चलचित्र क्षेत्रमा स्थापित भई सकेकी छिन् । हाल सम्म अढाई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । ‘सपना’, ‘मालतीको भट्टी’, ‘जीन्दगानी दर्पणछायाँ’ लगायतका चलचित्र गरेकी छिन् ।
यस्तै गरि केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक नमुना (मोडेल) हुन् । केकिले थुप्रै नेपाली साङ्गीतिक श्रब्य दृष्य (भिडियो), टेलिभिजन विज्ञापन तथा आधा दर्जन भन्दा ज्यादा नेपाली चलचित्रमा काम गरी सकेकी छिन् ।
केकी “स्वर’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेका चलचित्रहरु महसुस, बितेका पल ,आइ एम सरी, मसान, मायाको बारीमा, तथा मेरो बेस्ट फ्रेन्डमा सशक्त अभिनयले निकै चर्चामा पुगेकी छिन् ।
उनले नाटक अभिनयमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्
l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया