मंगलबार, असार ८ २०७८
काठमाडौं १५:२९
वासिङटन डिसी 05:44

अष्ट्रेलियाको नयाँ कप्तानमा स्टेभेन स्मिथ नियुक्त

इनेप्लिज २०७२ साउन २७ गते १७:३४ मा प्रकाशित

thumbकाठमाडौं, २७ साउन । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी स्टेभेन स्मिथले पाएका छन् ।

कप्तान माइकल क्लार्कले सन्यास लिएपछि बुधबार अष्ट्रेलियाको क्रिकेट बोर्डले स्मिथलाई एकदिवसीय राष्ट्रिय क्रिकेट टोनीको नयाँ कप्तानमा नियुक्त गरेको समाचार एजेन्सीले जनाएका छन् ।
गएको शनिबार अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
उनले सन्यास लिएपछि अष्ट्रेलियालाई एकदिवसीय क्रिकेटमा बोलियो टीम बनाउने जिम्मेवारी स्मिथको काँधमा आएको छ । स्मिथले राष्ट्रिय टोलीको कप्तानी महिनाको अन्त्यमा आयरल्याण्ड र इंग्ल्याण्डसँग हुने खेलबाटै सम्हाल्नेछन् ।

प्रतिक्रिया