आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:५६
वासिङटन डिसी 03:11

एनआरएनको न्युयोर्क साधारणसभा कोशे ढुंगा साबित हुने

इनेप्लिज २०७२ साउन २७ गते १७:०२ मा प्रकाशित

nrnnccusa pic

अमेरिका । आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले यतिबेला एनआरएनका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई साधारण सभा आयोजक समितिको संयोजक र उपाध्यक्ष वंदना कोइरालालाई उपसंयोजक तोकेको हो । यतिवेला एनआरएन साधारण सभा सम्पन्न,संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त सहित संगठन निर्माणमा जुटेको हो ।

यसै क्रममा बिहिवार सम्पन्न पत्रकार सम्मेलनमा चौथो साधारण सभा आयोजक समितिका संयोजक कृष्ण पोख्रेलले भने निर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पिडित जनको सेवा गरि फर्किएको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त बोकेर संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटन यो साधारण सभाले सेतुको काम गर्ने विचार एनआरएनले लिएको छ । त्यस्तै उपसंयोजक वन्दना कोइरालाले यो चौथो साधारण सम्मेलनलाई सफल पार्न सम्पूर्ण अमेरिका वासी नेपाली, पत्रकार,समाजसेवी तथा संघ संस्थालाई आह्वान गरिन भने सो कार्यक्रममा नेजाका महा सचिव भोला आचार्य,पत्रकार दिनेश जंग शाह एवं पत्रकार किशोर पंथीले आँफ्नो जिज्ञासाको प्रश्न राखेका थिए । उक्त कार्यक्रममा एनआरएन अमेरिकाकी वोर्डअफ डाइरेक्टर गोमा सेन , एनआरएनकै वोर्डअफ डाइरेक्टर मोहन ज्ञवाली, एनआरएनका अर्का वोर्डअफ डाइरेक्टर हरिश चन्द्र हमालको पनि सहभागिता थियो ।

यसै क्रममा बिहिवार सम्पन्न पत्रकार सम्मेलनमा साधारण सभा आयोजक समितिका संयोजक कृष्ण पोख्रेलले पत्रकार सम्मेलनको माँझ भने यस साधारण सभाले नेपालमा गएको पर्लयकारि महा भूकम्पले ल्याएको विनासमा पुनर्निर्माणका लागि खटिनुभएको नेपाल सरकारका विशेष दुत तथा एनआरएन आइसिसिका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा तथा महामहिम राजदूत डा अर्जुन कार्कीको उपस्थितिमा हुन् गइरहेको यो एनआरएनको चौथो साधारण सभा वास्तवमै एतिहासिक हुने छ साथै त्यसै दिन साँझ कल्चरल प्रोग्राम पनि गरिने छ र त्यसवाट उठेको रक़म नेपालमा आएको विनाशकारी महाभुकम्पवाट विनास भएका परिवारको वालकलाई पढाउने कल्णकारी कोषमा जम्मा गर्ने जानकारि दिए ।

एनआरएन अमेरिकाको नेतृत्वले यो साधारण सभामा गर्ने निर्णय र प्रतिनिधि छनौटमा देखाउने बुद्धिमत्तापूर्ण निर्णयको सम्पूर्ण नेपाली अमेरिकनले स्वागत गर्ने छन र संघको अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिकाका बिषयमा समेत संघको १२ सेप्टेम्बरमा आयोजना हुने साधारण सभाले ठोस नीति तय गर्नु पर्ने अपेक्षा सर्बत्र गरिएको छ ।

संयोजक पोख्रेलले दिएको जानकारी अनुसार एनआरएन अमेरिका यति बेला संगठन निर्माण र आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा आयोजना गरिने वार्षिक साधारण सभाको तयारीमा जुटेको छ यसका अतिरिक्त संघ सिघ्र नेपाली अमेरिकनको हितमा हुने रचनात्मक कामहरु सुरु गर्ने तयारीमा समेत जुटेको छ ।
संयोजक पोख्रेलकै भनाई अनुसार अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिका स्थापित गर्न समेत संघको अमेरिकी नेतृत्वले विवाद रहित प्रतिनिधित्वको लागि पहल सुरु गरि सकेको छ । पौडेलले थपे, ‘एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित हुने छ’ ।

प्रतिक्रिया