ढिस्कोले पुरिएर महिलाको मृत्यु

इनेप्लिज २०७२ साउन २७ गते १३:५७ मा प्रकाशित

हुम्ला, २७ साउन । घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । यो घटनामा अन्य पाँचजना घाइते भएका छन् ।

मृत्यु हुने जिल्लाको ठे गाविस–६ की २८ वर्षीया ओमपुरी भण्डारी भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया