सुर्खेतको आन्दोलनप्रति सांसदहरू विभाजित !
आन्दोलन हिंसात्मक भएकोमा चिन्ता व्यक्त
काठमाडौं, २७ साउन । सांसदहरूले सुर्खेत जिल्लामा जारी आन्दोलन नियन्त्रण बाहिर गएको भन्दै चिन्ता जनाएका छन् ।
उनीहरूले आफ्ना जायज माग राख्दा शान्तिपूर्ण रुपमा राख्न आन्दोलनकारीहरूलाई आग्रह गरे ।
संसदको आजको बैठकमा विशेष समयमा धारणा राख्ने सांसदहरूले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाइनुपर्ने बताए ।
केही सांसदहरूले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले ताकेर गोली हानेको आरोप लगाए ।
सांसद सुशील श्रेष्ठले सुर्खेतको आन्दोलन शान्तिपूर्ण रहेको दाबी गर्नुभयो । उहाँले प्रहरीले ताकेर प्रहरीले प्रदर्शनकारीलाई गोली प्रहार गरेको दाबी गर्नुभयो ।
उहाँले दोषी प्रहरीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्नुभयो ।
सांसद सीता विकले सुर्खेतको आन्दोलन अराजक बन्दै गएको बताउनुभयो । उहाँले आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह पनि गर्नुभएको छ ।
‘पार्टी कार्यालय, सरकारी कार्यालय, नेताका घरमा आक्रमण भयो’, विकले भन्नुभयो, ‘यस्तो अराजक प्रदर्शनले कसैको हित गर्दैन ।’
सांसद लक्ष्मण पोखरेले सुर्खेतमा प्रहरीको गोली लागेर मारिकाहरूलाई शहीद घोषणको माग गर्नुभएको छ ।
उहाँले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाएको भन्दै छानविन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया