वाशिंगटन डिसी ११ अगस्ट २०१५ – अमेरिकाको न्यु योर्क स्थित नमस्ते चौतारी रेस्टुरेन्टमा
अब देखि दोहोरी साँझ शुरु हुने भएको छ l
नेपालका चर्चित दोहोरी कलाकारहरु संगिता थापामगर, निशा सुनार, बिमल डांगी,
मधुर गिरी, संगिता डांगी, राज कपुरको साथमा नेपाली टिपिकल र मौलिक संस्कृती
झल्किने गरी यही अगस्ट २१ सुक्रबार साँझ दोहोरी साँझ ऊदघाटन हुँदैछ l
हप्ताको हरेक सुक्रबार देखि सोमबार सम्म बेलुकी ८ बजे देखि रातिको १ बजे सम्म
ग्राहकहरु दोहोरीमा जम्न सकिने कुरा नमस्ते चौतारीका संचालकहरु
सोमनाथ घिमिरे, प्रेम पौडेल र बिबेक पौडेलले इनेपलिज र डिसीनेपाललाई बताए l
Restaurant’s Address:
7415 Roosevelt Ave.
Queens, NY 11372
प्रतिक्रिया