३५ मध्ये २९ उजुरीमा मिलापत्र
सोलुखुम्बु, २७ साउन । महिला तथा बालबालिकाको हकहितका लागि स्थापित नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र सोलुखुम्बुमा परेका ३५ वटा घरेलु हिसांसम्बन्धी उजुरीमध्ये २९ वटामा मिलापत्र भएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा परेको ३५ उजुरीमध्ये पीडक र पीडित उपस्थित नभएकाले छवटा उजुरीको छिनोफानो गर्न बाँकी रहेको जानकारी महिला तथा बालबालिका सेवा केन्द्र सोलुखुम्बुकी कर्मकुमारी बुढाले दिनुभयो ।
यस्तै ११ महिला तथा बालबालिका हराएको उजुरी केन्द्रमा परेको थियो । उजुरीपछि खोजीका क्रममा हराएकामध्ये दुई बालबालिका र तीन महिला फेला परेका थिए भने छजना अझै हराइरहेकाको खोजी कार्य जारी रहेको केन्द्रले जनाएको छ ।
महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको नियन्त्रण, अनुसन्धान र पीडितलाई आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्रमा बालविवाह, बहुविवाह, बलात्कार, अनमेल विवाह, बालश्रम शोषण, बोक्सीको आरोप, दुव्र्यवहार, महिला तथा घरेलु हिंसा र महिला तथा बालबालिकाविरुद्ध लक्षित अन्य गैरकानुनी क्रियाकलापका बारेमा उजुरी दिन सकिने छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया