आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:०६
वासिङटन डिसी 13:21

सुर्खेतमा आज पनि हवाई फायर

इनेप्लिज २०७२ साउन २६ गते १३:१० मा प्रकाशित

Surkhet-Protest-1वीरेन्द्रनगर, २६ साउन । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै थालिएको आन्दोलनले हिंसात्मक रुप लिँदा आज पनि सुर्खेतमा हवाई फायर गरिएको छ । सोमबारदेखि आन्दोलनले हिंसात्मक रुप लिएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आन्दोलन उग्र बनेपछि नियन्त्रणमा लिन हवाई फायरिङ गरिएको जानकारी दिनुभयो । सुर्खेतको स्थिति तनावग्रस्त नै रहेको उहाँको भनाइ छ । उहाँले ‘गोली चलाउने आदेश नभई हवाई फायरिङको मात्रै आदेश दिएको जनाउनुभयो ।

आज पनि बिहानदेखि सुरु गरिएको आन्दोलन उग्र बन्दै गएको छ । सयौँको सङ्ख्यामा आन्दोलनकारी प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा स्थानीय मङ्गलगढीमा दोहोरो झडप भइरहेको छ ।

सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई सुदूरपश्चिम क्षेत्रमा र बा“के बर्दियासहित राप्ती अञ्चललाई पाँचाँै प्रदेशमा गाभिएको विरोधमा बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया