शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:४६
वासिङटन डिसी 15:01

सीमांकनमा परिमार्जन हुन्छ : ओली

इनेप्लिज २०७२ साउन २६ गते ११:२२ मा प्रकाशित

kp-oli1काठमाडौं, २६ साउन । नेकपा एमालेले हिंसात्मक गतिविधी गरेर समाजिक सद्भाव नखल्बल्याउन सबैमा आव्हान गरेको छ ।

नयाँ पार्टी कार्यालय धुम्वाराहीमा पहिलो पत्रकार सम्मेलन गर्दै एमालेले सामाजिक सद्भाव कायम राख्न आव्हा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सीमांकन सहमतिको दस्तावेज मात्रै भएको बताउँदै अधिकतम परिमार्जन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो-‘६ प्रदेशको सीमांकन सहमतिको दस्तावेज मात्रै हो, त्यसमा अधिकतम परिमार्जन गर्न सकिन्छ, धेरै कुरा मलाई नै चित्त बुझेको छैन् । तपाईहरु हिंसात्मक नबन्नुहोस् । सबै माग समेटेरै नयाँ सीमांकन हुन्छ ।’
अध्यक्ष ओलीले अखण्डको नाममा मध्यपश्चिम र सुदूरपश्चिममा भएको आन्दोलन र दुर्घटनाको भत्र्सना गर्नुभयो । उहाँले आम नागरिकलाई हिंसा नफैलाउन आग्रह गर्दै सामाजिक सद्भाव विथाल्न खोज्नेलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।
सुर्खेतमा मारिएका व्यक्तिका पविारलाई क्षतिपूर्ति दिन र घाइतेहरुको उपचार खर्च व्यहोर्न समेत सरकारलाई उहाँले आग्रह गर्नुभयो । ‘यस्तो हिसांत्मक आन्दोलनमा सहभागी नहुन म पार्टीका सबै नेता कार्यकर्तामा आग्रह गर्दछु, आम नागरिकमा आग्रह गर्दछु’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया