पाँच पेट्रोल पम्पमा सिल
इनेप्लिज
२०७२ साउन २६ गते ४:०२ मा प्रकाशित
गजुरी (धादिङ), २६ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले पृथ्वीराजमार्गमा रहेका धादिङका पाँच पेट्रोल पम्पमा सिल गरेको छ ।
पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा पेट्रोल पम्पमा ताला लगाएको हो ।
सिल गरिएका पम्पमा मलेखुस्थित अम्बे आयल, बेनिघाटस्थित सदाज्योति आयल स्टोर, जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरलगायत पाँचवटा रहेका छन् ।
राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि कारबाहीका लागि सिल गरिएको हो ।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
प्रतिक्रिया