रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी

इनेप्लिज २०७२ साउन २६ गते २:३० मा प्रकाशित

बुटवल (खस्यौली), २६ साFOR-4-PAGE_20140429095025उन । रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी देखिएको छ ।

सन् २०१५ सम्ममा राष्ट्रिय तथ्याङ्क ६० प्रतिशत पुर्‍याउने लक्ष्य भएकामा झन्डै ८० प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख ओमप्रसाद पन्थीले जानकारी दिनुभयो ।

रुपन्देहीमा २० प्रतिशत मात्रै घरमै सुत्केरी हुने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले तथ्याङ्क दिएको छ । रुपन्देहीका छिमेकी जिल्ला कपिलवस्तु तथा नवलपरासीमा यो तथ्याङ्क ज्यादै न्यून छ ।

विसं २०६८ को अनुसार आठ लाख ८० हजार १४६ जनसङ्ख्यामध्ये चार लाख ४७ हजार १५३ महिला छन् । राष्ट्रिय तथ्याङ्क हेर्ने हो भनेपछि सन् २०१५ सम्म ६० प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराउने सरकारले लक्ष्य लिएको थियो । तर त्यो करिब ४० प्रतिशतमा सीमित छ ।

जिल्लामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानमा १८ वटा वर्थिङ सेन्टर र यसबाहेक युनिभर्सल मेडिकल कलेज अफ साइन्सेस भैरहवा, भीम अस्पताल भैरहवा, देवदह मेडिकल केलज देवदह, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ ।

पहिलेको तुलनामा धेरै राम्रो भए पनि १०० प्रतिशत सुत्केरी संस्थागत कसरी गराउने भन्नेमा जनस्वास्थ्य कार्यालयको ध्यान केन्द्रित भएको पनि उहाँले बताउनुभयो ।

रुपन्देही पूर्ण साक्षर जिल्ला भइसकेको छ । त्यस्तै सन् २०१६ सम्ममा पूर्ण खोप घोषणाका लागि अभियान सञ्चालन गरिएजस्तै संस्थागतरुपमा सुत्केरी हुने प्रवृत्तिको विकास गराउन पनि कार्यालयले योजना गरिरहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी गराउनुभयो । “यसमा समस्या पनि छ ।” उहाँले भन्नुभयो– “अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भयो भने त्यसलाई संस्थागत मानिँदैन ।”

आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा पहँुच नभएकालाई सहजरुपमा पहुँच पु¥याउन तथा उनीहरुलाई प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै गराउने व्यवस्था मिलाउनका लागि गाउँगाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्ने तथा जनचेतना जगाउने काम कार्यालयले गर्दै आएको छ ।

विसं २०६५ देखि आमा सुरक्षा कार्यक्रम लागू भए पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ, त्यसमा आमा र शिशुको सुरक्षा हुनसक्छ भन्ने कुराको चेतना नहुँदा सरकारले सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमबाट ग्रामीण महिलाले भाग लिन सकेका छैनन् ।

जिल्लाको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र धकधइदेखि मर्चवार वेल्टमा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या कमी छ । त्यस्ता क्षेत्रमा जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी परिचालन गर्ने तथा परिचालित स्वास्थ्यकर्मीलाई अझै बढी क्रियाशील बनाइने निमित्त कार्यालय प्रमुख पन्थी बताउनुहुन्छ ।

प्रतिक्रिया