अफगानिस्तान केन्द्र गरी आएको भूकम्पको प्रभाव पाकिस्तान र भारतमा पनि
इस्लामाबाद (पाकिस्तान), २५ साउन । सोमबार दिउँसो अफगानिस्तान र ताजकिस्तानको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाई २०८ किलोमिटर गहिराईमा आएको ६.४ म्याग्निच्युडको भूकम्पको प्रभाव पाकिस्तान र भारतका केही भागमा समेत परेको छ ।
पाकिस्तानको राजधानी इस्लामाबाद र वरीपरीका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको यहाँको मौसम विज्ञान कार्यालयले जनाएको छ ।
भूकम्पको धक्का पाकिस्तानको पञ्जाब तथा खाइबर पाकथुनख्या प्रान्त तथा काश्मिर क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ । काश्मिरी क्षेत्रमा केही घरहरुमा भूकम्पका कारण क्षति पुगेको जनाइएको छ भने सोमबार दिउँसै अबेरसम्म भूकम्पबाट ठूलो क्षति भएको खबर आइसकेको छैन ।
पाकिस्तानी मौसम विभागका महानिर्देशक धुलाम रसुलले भूकम्प आएलगत्तै सञ्चारमाध्यमलाई ६.८ म्याग्निच्युडको धक्का महसुस गरिएको जनाएका थिए । तर पछि उनको अफिसको वेबसाइटमा यसलाई सच्चाई ६.४ म्याग्निच्युड भएको जनाएको थियो ।
भूकम्पको धक्का नयाँ दिल्लीमा पनि
सोमबार अफगानिस्तान तथा काजकिस्तानको सिमानामा केन्द्रविदु भई आएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली लगायत अन्य भारतीय भूभागमा समेत परेको नयाँ दिल्लीबाट सम्प्रेषित समाचारमा जनाइएको छ ।
भारतीय समय अनुसार दिउँसो ३ः३५ बजे आएको भूकम्पको धक्का काश्मिर तथा भारतको उत्तरी क्षेत्र हरियाना, हिमाञ्चल प्रदेश र पञ्जाबमा समेत महसुस गरिएको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया