स्पेनमा साँढेले एक युवकको ज्यान लियो

इनेप्लिज २०७२ साउन २५ गते १४:०४ मा प्रकाशित

youth-seriously-gored-bull-Spain-150x150म्याड्रिड (स्पेन), २५ साउन । स्पेनको मध्यवर्ती क्षेत्र भिलासेका डेला सार्गा नामको एक गाउँमा सोमबार स्थानीय महोत्सव मनाउने क्रममा साँढेको आक्रमणमा एक युवकको मृत्यु भएको छ ।

साँढेको गतिविधिलाई आफ्नो मोबाइल सेटमा कैद गर्ने क्रममा साँढेले आक्रमण गरेपछि मिगेल सिरेरोल घाइते भएका थिए ।
घाँटीमा गहिरो चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
साँढे जात्रा स्पेनमा मनाइने जात्रामध्ये एक प्रसिद्ध तथा लोकप्रिय महोत्सव हो ।
स्पेनमा साँढे जात्रा मनाउने क्रममा हरेक वर्ष यहाँका नागरिकको साँढेको आक्रमणबाट मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया