नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा हुने शिक्षकविरुद्ध मुद्दा दायर

इनेप्लिज २०७२ साउन २५ गते १३:५९ मा प्रकाशित

काठमाडौँ, २५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय कैलालीअन्तर्गत जनप्रशासक उमाविमा कार्यरत शिक्षकले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सो विद्यालयमा कार्यरत शिक्षक रामचन्द्र ओझाले बढुवा प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९९५ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अख्तियार दुरुपयोग गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया